७ बैशाख २०८१, शुक्रबार

बालाजु औद्योगिक क्षेत्रभित्रको नेबिको बिस्कुट कारखानामा भीषण आगलागी


नेबिको बिस्कुट कारखानामा भीषण आगलागी

काठमाडौँ । काठमाडौँको बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ । गएराति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

दमकल, पानी ट्यांकरसहित नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । के कारणले आगलागी भएको खुल्न सकेको छैन ।

आगो नियन्त्रणका लागि १९ वटा पानी ट्याङ्कर र ९ वटा दमकलले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजु स्रोतले बताएको छ ।

आगलागी नियन्त्रणमा लिनका हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । क्षेत्रफल ठूलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । आगलागीको क्षतिको विवरण भने नखुलेको प्रहरीको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !