गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता Nepalpatra गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता
५ आश्विन २०७८, मंगलबार

गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता


गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा हिजो मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाणले कोभिड–१९ नियन्त्रणका लागि प्रदेश २ मा पर्याप्त मात्रामा खोप उपलब्ध भए पनि प्रयोग नभएको भन्दै प्रदेश २ का जनतालाई खोप लगाउनका लागि प्रदेश सरकारले उत्प्रेरित गर्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका थिए ।

गृहमन्त्री खाणले भेटमा सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुद गरी देश र जनताको पक्षमा काम गर्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
ताजा