विद्यालयलाई टेलिस्कोप प्रदान - Nepalpatra Nepalpatra विद्यालयलाई टेलिस्कोप प्रदान - Nepalpatra
१ आश्विन २०७८, शुक्रबार

विद्यालयलाई टेलिस्कोप प्रदान


योगेश्वर अमात्य

काठमाडौँ । गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गर्नुभएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई विहीबार सो उपकरण हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष भट्टराईले विद्यालय प्रशासन एवं विद्यार्थीलाई निरन्तर सहयोग रहने बताउनुभयो । सामुदायिक विद्यालयलाई विभिन्न दाताको सहयोग जुटाई निःशुल्क टेलिस्कोप दिने अभियानलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा