११ बैशाख २०८१, मंगलबार

नवनियुक्त गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख गुरुङ र शेरचन एउटै गाउँवासी


अमिक शेरचन र पृथ्वीमान गुरुङ

चितवन । फरक विचारको राजनीति जीवनयात्रामा रहेका अमिक शेरचन र पृथ्वीमान गुरुङ एउटै गाउँवासी हुन् । सरकारले मङ्गलबार उनीहरु दुवैलाई लुम्बिनी र गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेको हो । शेरचन लुम्बिनी र गुरूङ गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

दुवै जना भरतपुर महानगरपालिका–२६ दिव्यनगर गाउँका हुन् । भरतपुर–मेघौली सडकमा पर्ने थकाली चोकमा शेरचनको र धर्मभकारी चोकमा गुरूङको घर पर्दछ । वामपन्थी राजनीतिबाट अघि बढेका शेरचन र कांग्रेसको राजनीतिमा अघि बढेका गुरुङ दुवैले इमान्दार नेताको छवि बनाएका छन् ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं ३ बाट दुवै जना उम्मेदवार थिए । त्यतिबेला शेरचनले जिते भने गुरुङ निकटतम प्रतिद्वन्द्वी बने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !