१३ बैशाख २०८१, बिहिबार

माधव नेपाललाई विरोध गर्दै ओलीनिकट युवाहरुले निकाले बाँदर जुलुस


काठमाडौं । नेकपा एमालेको ओली समूहका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले माधव कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कुमार नेपाललगायतलाई बाँदरको संज्ञा दिँदै मुखमा बाँदरको मुकुण्डो लगाएर प्रदर्शन गरेका छन् ।

जुलुश प्रदर्शनमा उत्रिएकाहरुले ‘लाल गद्दार होशियार, माकुने चोर देश छोड, नेकपा एमाले जिन्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद, माकुने तेरो पाराले, दुःख पाए साराले, केपी ओली जिन्दावाद, माकुने गद्दार मुर्दाबाद, विदेशी दलाल होशियार, राष्ट्रघाती मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !