८ बैशाख २०८१, शनिबार

उपत्यकामा असार ३१ गतेसम्म लम्ब्याइएको निषेधाज्ञामा के गर्न पाइन्छ र पाइदैन ?


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आजदेखि फेरि थपिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको असार २० गते आइतबार बसेको संयुक्त बैठकले जारी निषेधाज्ञालाई आज असार २२ गतेदेखि ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरु गरिएको निषेधाज्ञाको थपिएकोे हो । कोभिड–१९ को संक्रमण घटेको भएपनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको हो ।

असार २० गते आइतबार बसेको सिडिओहरुको बैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको छ । आज असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।

घरबाट मानिस बाहिर निस्किँदा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्नेछ । अनिवार्यरुपले मास्क र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु पर्नेछ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन स्वीकृत सिट क्षमताअनुसार मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा सवारीसाधनमा प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्य रुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । सवारीलाई समेत निसङ्क्रमित गराउनु पर्नेछ ।

उपत्यका प्रशासनले नेपाल सरकारको निर्णय, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यदेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी यही असार ३१ गते राति १२ बजेसम्मका लागि उक्त आदेश जारी गरिएको जनाएको छ ।

के गर्न पाइन्छ ?

१. थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नु पर्नेछ ।

२. आदेश अवधिभर स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।

३. यसैगरी सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भरीमा सञ्चालन गर्न सकिने अनुमति समेत दिइएको छ । जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ । गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ ।

४. काठमाडौं बाहिरबाट उपत्यकामा भित्रने सवारीको हकमा जिल्लाबाट अनुमति लिएर काठमाडौं प्रवेश गर्न सक्नेछन् । काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ ।

५. अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् । सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्साे सिटमा ४/४ जना र चालकको छेउमा एक गरी ९ जना मात्रै यात्रु राख्न भनिएको छ ।

६. उता बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

७. औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहने छ । अन्य व्यवसायको हकमा साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

८. यस्तै भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको हो ।

९. अत्यावश्यक वस्तुको अनलाइन माग, रेष्टुराँ तथा फाष्टफुड तथा अन्य ‘अडर टेक अवे’ र ‘होम डेलिभरी’ प्रयोजनका लागि काठमाडौँ उपत्यकाभित्र साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइनेछ ।

१०. पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न मिल्ने छ । त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । त्यसभन्दा बढी भए दुई सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ ।

११. गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने गरी सञ्चालन गर्ने भनिएको छ ।

के गर्न पाइदैन ?

१. निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन ।

२. भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधि लगायत कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।
३. खुला स्थानमा हुने भेला, होटल तथा पार्टी प्यालेसमा हुने विवाह व्रतबन्ध लगायत सामूहिक रुपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका गतिविधिमा समेत रोक लगाइएको छ ।

४. सभा, सम्मेलन, सिनेमा हल लगायत दर्शकसहित हुने सबै प्रकारका गतिविधिमा पूर्ण रोक लगाएको छ ।

५. जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले अस्पतालमै उपचारका क्रममा ज्यान गुमाइ सकेका छन् ।

६. स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् ।

७. लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो ।

उपत्यकामा लम्ब्याइएको निषेधाज्ञामा के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा
 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !