८ बैशाख २०८१, शनिबार

चिनियाँ राष्ट्रपति र नेपालका पार्टीका शीर्ष नेताहरुबीच आज भर्चुअल बैठक हुँदै

चिनियाँ राष्ट्रपतिले आज गर्ने अन्तर्क्रियामा ओली, देउवा, प्रचण्ड, नेपाल, भट्टराई र राणा सहभागी हुने


चिनियाँ राष्ट्रपति सि चिनफिङ

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १०० बर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सि चिनफिङले दक्षिण एसियाली मुलुकमा बिभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गरीरहेका छन् ।

यसैक्रममा चिनियाँ राष्ट्रपती सिजिपिङ्गले आज नेपालका प्रधानमन्त्री सहितका शीर्ष नेताहरुसँग छलफल गर्दैछन् । नेपालबाट अन्तर्क्रियामा कम्युनिस्ट पार्टीहरूको अलवा अन्य राजनीतिक दलबाट पनि सहभागिता रहने भएको छ ।

सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सीले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्‍वका नेताहरूले पठाएको भिडियो सन्देश प्रशारण हुनेछ । सम्मेलनमा अनौपचारिक दोहोरो छलफल पनि हुन सक्ने अधिकारीहरूले बताएका छन् ।

सि चिनफिङले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली राजनीतिक दलका शिर्ष नेताहरुसँग भर्चुअल छलफल गर्न लागेका हुन् । ओलीसँगै पूर्वप्रधानमन्त्री समेत रहेका एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा लगायत सहभागी हुनेछन् ।

नेपालका शीर्ष नेतालाई बैठकमा सम्बोधन गर्न ५/५ मिनेट समय छुट्याईएको छ । आज मंगलबार नेपाली समय अनुसार साँझ ६ बजे भर्चुअल माध्यमबाट बैठक हुने छ । यो बैठकलाई नेपाल चिन सम्बन्धका जानकारहरुले सकारात्मक पहलको रुपमा लिएका छन् ।

दुई देशबीचको सम्बन्ध थप बलियो बनाउका लागि चीनले गरेको यो पहललाई सकारात्मक रुपमा लिनुपर्ने परराष्ट्रविदहरुले बताएका छन् । राष्ट्रपति सी मुख्य वक्ता रहेको जुम बैठकमा उनले बोलिसकेपछि बैठकमा शीर्ष नेताहरूले बोल्ने कार्यक्रम रहेको छ ।

जुम बैठकमा बिशेष गरी चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षमा गरेको प्रगतिको समीक्षा, सिपिसी र सम्बन्धित मुलुकबीचको सम्बन्ध, राजनीतिक दलहरूसँगको सम्बन्ध लगायतका विषयमा राष्ट्रपति सीले जानकारी गराउनेछन् ।

नेपालका दलहरूले पनि नेपाल–चीन सम्बन्ध, सिपिसीको सय वर्षमा भएका प्रगतिबाट नेपालले सिक्नुपर्ने पाठका विषयमा सम्बोधन गर्नेछन् ।कोभिड-१९ नभएको भए चीनले सयौँ नेतालाई बेइजिङमा उतारेर भव्य सम्मेलन गर्ने तयारी गरेकाे थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !