१२ बैशाख २०८१, बुधबार

उपत्यकामा असार ३१ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा, के गर्न पाइन्छ र पाइदैन ?


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई फेरि थपिएको छ । उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको आज बसेको संयुक्त बैठकले जारी निषेधाज्ञालाई पर्सी असार २२ गतेदेखि ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरु गरिएको निषेधाज्ञाको थपिएकोे हो । कोभिड–१९ को संक्रमण घटेको भएपनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको हो ।

आज बसेको सिडिओहरुको बैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाउने निर्णय गरेको छ । असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।

के गर्न पाइन्छ ?

१. थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको छ ।

२. यसैगरी सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भरीमा सञ्चालन गर्न सकिने अनुमति समेत दिइएको छ । जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छ ।

३. काठमाडौं बाहिरबाट उपत्यकामा भित्रने सवारीको हकमा जिल्लाबाट अनुमति लिएर काठमाडौं प्रवेश गर्न सक्नेछन् । काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ ।

४. अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सवारी साधन समेत चल्न पाउनेछन् ।

५. उता बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

६. विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।

७.यस्तै भौतिक रुपमा परीक्षाहरु सञ्चालन गर्न समेत अनुमति दिएको छ । बढीमा २५ जना नबढ्ने गरी भौतिक रुपमा परीक्षा सञ्चलन गर्न दिने निर्णय भएको हो ।

के गर्न पाइदैन ?

१. निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन ।

२. भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकूद गतिविधि लगायत कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।

३. जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले अस्पतालमै उपचारका क्रममा ज्यान गुमाइ सकेका छन् ।

४. स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने बन्द नै हुनेछन् ।

५. लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो ।

उपत्यकामा लम्ब्याइएको निषेधाज्ञामा के गर्न पाइन्छ र पाइदैन ? (आदेशसहित)

 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा
 काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !