४ बैशाख २०८१, मंगलबार

दलित युवती रुपा सुनारलाई कोठा नदिने घरबेटी प्रधान पक्राउ


रुपा सुनार

काठमाडौं । दलित युवती रूपा सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि घरबेटी पक्राउ परेकी छन् । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।

सुनारले प्रहरीमा उजुरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई पक्राउ गरेको हो । काठमाडौंको बबरमहलकी महिला प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले आज आइतबार पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो । गत मंगलबार बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन ।

रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन् । प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !