११ बैशाख २०८१, मंगलबार

चौधरीको अनसन : प्रधानमन्त्री र राजपा नेता छलफलमा


oli and rajpa

२२ फागुन, काठमाण्डौ । राजपाका सांसद तथा कैलाली १ वाट प्रतिनिधिसभामा निर्वाचित रेशमलाल चौधरीको मुद्दा र जेलभित्रै थालेको अनसनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र राजपा नेताहरुवीच छलफल भएको छ ।

राजपा नेताहरुले चौधरी निर्वाचित भइसकेको र उनले अदालतमा आत्मसमर्पण गरेको सन्दर्भमा अब उनलाई दुःख दिने भन्दा पनि समाधान खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले अदालतको प्रक्रिया चलिरहेको र चौधरीप्रति आफ्नो कुनै पुर्वाग्रह नरहेको बताएका थिए । अदालतले गर्ने फैसला सबैले मान्ने तर त्यसअघि अनसन टुंग्याउन पहल गर्ने बारेमा प्रधानमन्त्रीसँग राम्रो कुराकानी भएको राजपाका एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले रेशम चौधरीको परिवारनै एमाले भएकाले उनको बारेमा राजपा नेताहरुलाई भन्दा आफूहरुलाई बढी जानकारी रहेको समेत बताएका थिए । रेशम चौधरीका पिता लालबीर चौधरी एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेको प्रसंग पनि छलफलमा आएको थियो । लालबीर रेशमले जितेको क्षेत्र कैलाली १ (क) वाट एमाले उम्मेदवार थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !