रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा Nepalpatra रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा
५ असार २०७८, शनिबार

रूपन्देहीमा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा


निषेधाज्ञा

सिद्धार्थनगर । रुपन्देहीमा आगामी जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितीको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार खाद्यान्न पसलहरू स्वास्थ्य मापदण्ड अपनाएर प्रत्येक दिन साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म खोल्न पाइने बाहेक अन्य नियमहरू पूर्ववत रहनेगरी व्यवस्था मिलाइएको छ ।

निषेधाज्ञामा अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टिन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि र अत्यावश्यक वस्तु तथा मालसमान ढुवानी गर्ने ढुवानीका साधन तथा अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, व्यवसाय र सेवा बन्द गर्ने निर्णय भएको हो ।

प्रशासनले निषेधाज्ञा अवधिमा भेला, भिडभाड जम्मा हुने, मानिस भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !