११ बैशाख २०८१, मंगलबार

सिण्डिकेटकाे विराेध गर्ने स्थानीय कुटिए प्रहरी चौकी तोडफोड


sindicate

वैशाख २१, २०७३- सिन्डिकेट पक्षधर यातायात व्यवासयी समिति गोरखा ठूला राजनितिक दल र प्रहरी प्रशासनको संरक्षणमा झडप, तोडफोड र आक्रमणमा उत्रनथालेपछि जिल्लामा तनाव बढेको छ ।

मंगलबार जंगलमा लुकेर बसेका समितिका व्यवासयीहरु र आरुघाट यातायात प्रालिका व्यवसायीबीच तान्द्राङ– २ मा झडप भएको छ । झडपले उग्र रुप लिएपछि आरुघाटका बासिन्दा र प्रहरीसमेत घाईते भएका छन् ।

गोरखा–आरुघाट सडक खण्डमा दुई पक्षबीच झडप भएको हो । झडपमा ५ प्रहरी र एक दर्जन आरुघाटबासी घाईते भएका छन् । गोरखा यातायातले सिन्डिकेट लाद्न खोजेकाले झडप गरेको आरुघाट यातायतका महासचिव हुकुम खडकाले बताए ।

मंगलबार आरुघाट प्रालिको बस तोडफोड गर्न पुगेका यातायात व्यवसायी समिति गोरखासम्बद्ध व्यवसायीलाई कारवाही गर्नुपर्ने र प्रालिले निर्वाध बस चलाउन पाउनुपर्ने माग गर्न गएका व्यवसायीसहित ६ जना प्रहरीबाटै कुटिएका हुन्।

घाइते हुनेमा सेतु गुरुङ, सिद्धिकुमार श्रेष्ठ, सनतकुमार श्रेष्ठ, गणेश लामिछाने, सुनिता नेपाली, रवीन्द्र नेपालीलगायत छन् । घाइतेको अनुहार र शरीरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको छ।

आरुघाट यातायात प्रालीको बस तोडफोड गर्ने, छेक्ने गरेपछि आरुघाटका स्थानीयले बस छेक्न आरुघाट पुगेका यातायात व्यवसायी समिति गोरखाका व्यवसायीलाई नियन्त्रणमा लिन प्रहरीलाई अनुरोध गरका थिए। विना कारवाही प्रहरीले रिहा गर्न लागेपछि स्थानीय र प्रहरीबीच मुडभेड भएको थियो।

झडपमा पाँच जना प्रहरी समेत घाइते भएका छन्। प्रहरीको टाउको, खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रमुख रविराज थपलियाले बताए। घाइते हुनेमा हवल्दार दिननाथ चौधरी, शिवसंकर गुप्ता, प्रहरी जवान यानबहादुर बराम, सुवास पाण्डे, अर्जुन चौधरी छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !