४ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू, निजी र सार्वजनिक यातायात दुवै बन्द


काठमाडौँ

काठमाडौँ । काठमाडौँ उपत्यकाका आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ । कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज वैशाख १६ गतेदेखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको वैशाख १३ गते सोमबार बसेको संयुक्त बैठकले निर्णय गरेपछि आज वैशाख १६ गते बिहान ६ बजेबाट वैशाख २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।

तीन जिल्लामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यद्यपि मन्त्रिपरिषद्ले १५ दिन भनेपनि तत्काललाई ७ दिने सूचना मात्रै जारी भएको हो ।

यी तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूद्वारा जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाइएको छ । यस अवधिमा अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने छन् ।

त्यस्तै, काठमाडौं जिल्लाभर सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन र उपत्यका प्रवेश गर्नसमेत पाइनेछैन । त्यसैले निजी र सार्वजनिक यातायात दुवै बन्द गरिएको छ । तर, अत्यावश्यक सेवा दिन सवारी साधन भने सञ्चालनमा रोक लगाइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !