१२ बैशाख २०८१, बुधबार

सरकारले जारी गरेको आदेशको पूर्ण पालना गर्न उपराष्ट्रपतिको आग्रह


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोना रोकथामका लागि सरकारले जारी गरेका नियमको पूर्ण पालना गर्न अपिल गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले आफू पनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न आम नागरिकमा अपिल गरेका हुन् ।

कोरोना भाइरसविरुद्धको सङ्घर्ष सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उहाँले यसमा आम जनताको पूर्ण साथ र सहयोग चाहिने बताएका हुन् । “जस्तोसुकै अप्ठ्याराहरुमा धैर्य गर्ने र उच्च मनोबलका साथ चुनौतीको सामना गरेर परिस्थितिलाई अनुकुलतामा बदल्ने हाम्रो विगत हो”, उनले सन्देशमा भनेका छन् ।

निषेधाज्ञा अवधिमा कोरोना भाइरस परीक्षणलाई तीव्र बनाउन र सङ्क्रमितको प्रभावकारी उपचार गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न तथा प्रभावित क्षेत्रमा थप चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई व्यवस्थितरूपमा तीव्र बनाउन समेत आग्रह गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !