मुख्यमन्त्री शेरधन राईले बालिका खड्कासँगको सम्बन्धबारे गरे सनसनीपूर्ण खुलासा Nepalpatra मुख्यमन्त्री शेरधन राईले बालिका खड्कासँगको सम्बन्धबारे गरे सनसनीपूर्ण खुलासा
१२ मंसिर २०७८, आइतबार

मुख्यमन्त्री शेरधन राईले बालिका खड्कासँगको सम्बन्धबारे गरे सनसनीपूर्ण खुलासा


शेरधन राई बालिका खड्का

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी हितविपरित काम र गतिविधि गरेको आरोप लगाएका छन् ।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राईले नेपाल-खनाल समूहका नेताहरुलाई बैठकमा आउनको लागि आव्हान गरेका छन् ।

राईले बालिका खड्कासँगको सम्बन्धबारे पनि आफ्नो अभिव्यक्ति दिएका छन् । उनले आफूविरुद्ध योजनावद्ध रुपमा यस्तो आरोप लगाएको बताए । खड्कासंग कुनै सम्बन्ध नभएको र आफ्नो राजनीतिक जीवनलाई सिध्याउने खेलमा लागेको बताए । उनले अब कानुन अनुसार कारवाही हुने बताए ।

उनले आफू दोषी भए कारवाहीको भागेदारी हुने बताएका छन्। उनले उक्त आरोप पार्टीवाट पनि झुटो रहेको भन्दै निर्णय भएको बताए। उक्त विषयमा पार्टीमा लामो समयसम्म छलफल भएको र यस विषयमा अब अन्तिम निर्णय अदालतले गर्ने बताए।

यस विषयमा जाङ्मु इन शेर्पाले आफ्नो श्रीमान शेरधन राईको चरित्र हत्या भएको बताएकी छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी शेर्पाले सुनियोजित रुपमा यस्तो घटना भएको भन्दै अब चुप लागेर बस्न नहुने बताएकी छन् ।

शुक्रवार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेकी छन्, “समाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत लामाे समय देखि वहाँकाे चरित्र हत्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र हुदै आएकाे र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र हाेइन, अन्यायकाे बिरुद्व बाेल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दाेष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पिडीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु ! मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही गल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुकाे अवलम्बन गर्नुपर्छ ! अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेराे परिवार आफन्त, नातागाेता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु ! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !