११ बैशाख २०८१, मंगलबार

न्युज24 छाड्दै रवी लामिछानेले भने, “म प्रधानमन्त्री बनेर जनताको सेवा गर्छु”


रबि लामिछाने

काठमाडौं । पत्रकार रवी लामिछानेले न्युज24 टेलिभिजन छाडेका छन् । सिधा कुरा जनतासँग कार्यक्रम प्रस्तोता लामिछानेसहित सम्पूर्ण टिमले बिहिबार राति छाडेका हुन् ।

लामिछानेले पांचवर्षसम्म उक्त टेलिभिजनमा काम गरेर धेरैकुरा सिकेको बताए न्युज24 टेलिभिजनकै कारण पनि आफूले यतिधेरै जनताको माया पाएको लामिछानेले बताए ।

लामिछाने न्युज24 टेलिभिजन छोड्दै गर्दा पत्रकारहरुसँग कुरा गर्दै आफू राजनीतिमा आउन सक्ने बताए । आफूलाई राजनीति गर्न नजाने पनि यदि समयले माग्य राजनीतिमा आउने उनले बताए । पत्रकारहरुले अब देशको प्रधानमन्त्री बन्नुपर्छ भन्ने जनताको चाहना छ भन्दै प्रश्न गरेपछि लामिछानेले देशको प्रधानमन्त्री बन्न सक्ने र जनताको सेवा गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !