१३ बैशाख २०८१, बिहिबार

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा १११ दिने लकडाउन अन्त्य


मेलबोेर्न

मेलबोर्न, १२ कात्तिक । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् ।

लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ । “कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,” स्थानीय एक बासिन्दाले भन्नुभयो ।

भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् ।

लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ ।

सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !