१३ बैशाख २०८१, बिहिबार

प्रदेश-१ को राजधानी विराटनगरलाई बनाउने


birat

१८ पुस, विराटनगर । राजधानीका लागि प्रदेश नम्वर १ को विराटनगर सम्भावना बलियो भएको छ । विराटनगरलार्इ सरकारले प्रदेशको अस्थायी मुकामको खाकामा समावेश गरेसँगै राजधानीका लागि विराटनगरमा सम्भावना बनेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले विराटनगर,इटहरी,धरान र धनकुटामा प्रदेश राजधानी राख्न रस्साकस्सी चलिरहँदा प्रदेश नम्वर १ को अस्थायी मुकाम विराटनगर राख्ने खाका तयार पारेको हो ।

भौतिक पूर्वाधारका आधारमा विराटनगर अस्थायी मुकामको खाका तयार गरिएको मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए ।

भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सन्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले पनि विराटनगर उत्तम देखिएकाले अस्थायी मुकाम विराटनगर तोक्न लागिएको हो ।

विराटनगरमा प्रदेश राजधानीका लागि १२ वटा आवास सहितको भवन रहेको जनाएको थियो । त्यसैगरी धनकुटा र धरानमा चार/चार वटा र दमक र इटहरीमा दुई/दुई वटा उपयुक्त भवन रहेको उल्लेख गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !