१२ बैशाख २०८१, बुधबार

झापामा सवारी दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते


दुर्घटना

२९ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी– १० भालुखोलामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १० च ९७१८ नं को मारुती भ्यानमा विपरित दिशाबाट आउँदै गरेको मे ६ प २३३३ नं को मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक कन्दङ्वाको मृत्यु भएको हो । भ्यानमा सवार बिर्तामोड–५ का ३१ वर्षीय राजु दहाल, उनकी श्रीमती २८ वर्षीया अञ्जना दहाल र सोही ठाउँका ३६ वर्षीया गीता कार्की घाइते भएका छन् । घाइतेको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !