७ बैशाख २०८१, शुक्रबार

जग्गा व्यवसायीबाट मालपोत कार्यालयमा धर्ना


मालपोत कार्यालय

विराटनगर, २६ भदौ । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भदौ १८ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई सो कारोबार शुरु गर्न निर्देशन दिइसकेको छ ।

नेपाल सरकारबाट जग्गा खण्डीकरण सम्बन्धमा कार्यालयलाई पत्र पठाए पनि मालपोत कार्यालयले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेकामा आपत्ति जनाउँदै व्यवसायीले तत्काल जग्गा कित्ताकाटको प्रक्रिया आरम्भ गर्न माग गरेका छन् । तीन वर्षदेखि रोक्का रहेको सो कार्य नहुँदा व्यवसायी निकै मर्कामा परिरहेको र बैंक पनि समस्यामा परेको घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !