१२ बैशाख २०८१, बुधबार

मुगुमा भाइरल ज्वरोको बिगबिगी, बच्चा र बृद्द बढी प्रभावित


मुगुमा भाइरल ज्वरो

१७ मंसिर, मुगु । अत्यधिक जाडोसँगै जिल्लाभरी भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ ।

‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ । रुघाखोकीले गाउँ निकै प्रभावित बनेको छ,’ छायाँनाथ रारा नगरपालिका १ का स्थानीयवासी जानकारी दिए ।

एक हप्तायता गाउँमा निमोनियाँ र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए। त्यस्तै, मृत्यु हुनेहरुमा रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढा, वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र एक जना ७० वर्षीय धर्मकला शाही, त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्तामा पाँच जनाको मृत्यु भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !