४ बैशाख २०८१, मंगलबार

स्व. म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ दिने


गृह मन्त्रालयको सुरक्षा नीति परिवर्तन

१४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सरकारले बम विस्फोटमा परी मारिएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिएका छन। दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते भएका म्यादी प्रहरी चौधरीको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको थियो।

बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारबाही गर्ने निर्णय गरेको छ। साथै बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए।

सरकारले निर्वाचनको सुरक्षा बिथोल्न खोज्ने समूहको तीव्रताका साथ अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको कारबाही गर्ने भएको छ। शान्ति सुरक्षा सरकारको प्राथमिक दायित्व भएको र त्यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारले सबै कानुनी उपाय अवलम्बन गरिरहेको उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !