८ बैशाख २०८१, शनिबार

नियमित व्यायम गरे आँखा तेजिलो बन्ने अनुसन्धानकर्ताको निष्कर्ष !


शारीरिक व्यायमले आँखालाई तेजिलो बनाउन पनि मद्दत गर्छ । इमोरी युनिभर्सिटी र एटलान्टा भेटेरेन्स एड्मिनिस्ट्रेशन मेडिकल सेन्टरले सयुक्तहरुमा गरेको अनुसन्धानले उमेरसंगै आँखाको शक्ति नगुमाउन शारीरिक व्यायममा ध्यान दिनुपर्ने निचोड निकालेको छ । सो अनुसन्धान मुसामा गरिएको थियो । दुई समूहमा विभाजित मुसाहरुमध्ये पहिलो समुहका मुसालाई दैनिक १ घण्टा ट्रेडनिलमा दौडाइएको थियो । दोस्रो समूहका मुसाहरुलाई स्थीर अवस्थामा राखिएको थियो ।

दुई हप्तापछि ट्रेडनिलमा दौडिएका पहिलो समूहका मुसाहरु दैनिक ४ घण्टा चहकिलो प्रकाशमा विताइरहेको पाइयो । तर स्थिर रहेका दोस्रो समूहका मुसाहरु भने न्युन तथा मध्यम प्रकाशमा रहन रुचाए । यस्तो नतिजा देखिनुको कारण स्थिर रहेका मुसाहरुको रेटिनामा प्रकाश थाह पाउने न्युरोनहरु मरेका थिए । र यसैको कारण तिनिहरुको आँखाको ज्योति कमजोर हुन पुग्यो ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !