८ बैशाख २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो : पूर्व स्वास्थ्यमन्त्री


साओ पाओलो, ६ असार । ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उहाँलाई पदबाट हटाइएको बताउनुभएको छ ।

राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत रहेका ५५–वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि गत अप्रिलमा पदबाट हटाउनुभएको थियो । राष्ट्रपतिको यो कदमलाई तत्कालिन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाईँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिनुभएको थियो । अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै सङ्क्रमित र मृत्यु हुने मुलुक बनेको छ ।

शनिबारसम्ममा अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार सङ्क्रमित र एक लाख २१ हजार १०७ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिनुभएको थियो तर उहाँले पनि एक महिनामा नै पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तवार्तामा भन्नुभयो, पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उहाँले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोशिस भएपनि उहाँको र उहाँद्वारा नेतृत्व भएको स्वास्थ्यमन्त्रालयप्रति जनताको विश्वास गुमेको छ ।

जसरी हामी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन त्यसैगरी सैनिक जनरलले स्वास्थ्य क्षेत्रको यथेस्ठ ज्ञान नहुनु स्वभाविक हो । तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ । कोरोनाभाइरस सङ्क्रमित विरामीले वास्तविक कथा बताउनेछन् । यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने ।

पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्छ । अन्तिममा तपार्इंले जुन कुरा गर्न चाहेपनि त्यतिवेलासम्म मन्त्रालयको विश्वसनियता गुमिसक्छ । किनभने विश्वसनियता नै तपाईलाई अख्तियार दिने हो । तर दुर्भाग्यको कुरा उनीहरू (सरकारी अधिकारी) ले तथ्याङ्क, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनियता गुमाएका छन् ।

ब्राजिलका विरामीका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोग गलत भउको दावी गर्दै उहाँले भन्नुभयो, “हाइड्रोक्लोरोक्विनका प्रयोग यसको प्रयोगबारे वैज्ञानिक आधार पुष्टि भएपछि मात्रै गरौँ भन्ने आफ्नो तर्क सैनिक पृष्ठभूमिबाट आएका राष्ट्रपति र स्वास्थ्यमन्त्रीका कारण असम्भव भयो । अहिले यसको प्रयोगबाट समस्या हुने देखिएपछि रोक्ने निर्णय गर्नुभन्दा पहिल्यै सावधानी अपनाउनु राम्रो हुने थियो ।
उहाँहरूले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य विज्ञानको सट्टा राजनीतिशास्त्र र सैन्यशास्त्र प्रयोग गर्दा नागरिकको मन्त्रालयप्रतिको विश्वास गुमेको छ ।”

के ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ । दुभाग्यको कुरा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ । अब ढिलो भयो देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दवाव रहेको छ । अब बन्दाबन्दी गर्न कठिन छ । यो उपाय सुरूमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य सङ्कट निम्तिने थिएन कि ।”

“देशमा विभिन्न विचारहरू रहेका छन् के हुन्छ हेरौँ भोलिका दिनमा थाहा होला,” उहाँले थप्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !