समाचार

  • badal

    खेल क्षेत्रको विकास जरुरी छ : गृहमन्त्री थापा

    २ भदाै‌, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा समृद्धि हासिल गर्न खेल क्षेत्रको विकास जरुरी रहेको बताएका छन् । नेपाल शरीरिक सुगठन महासङ्घद्वारा शनिबार आयोजित दोस्रो माउन्ट एभेरेस्ट शारीरिक सुगठन च्याम्पियनसीप २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले संसारका ठूला मुलुकले खेल क्षेत्रबाटै तीव्र आर्थिक विकास गरेको बताउँदै मुलुक समृद्धि बनाउन खेल क्षेत्रमा लगानी […]

  • prachanda

    समृद्ध मुलुक बनाउने अभियानमा सरकार– अध्यक्ष प्रचण्ड

    ३ भदौ, लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपाल बनाउने अभियानलाई ध्यानमा राखेर सरकार अघि बढेको बताउनुभयो । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीलाई चुनाव जित्नु र हार्नुभन्दा पनि देश र जनतालाई समृद्ध बनाउने लक्ष्यका साथ […]

  • PM Oli

    महान अभियानमा सरकार जुटेको छ : प्रधानमन्त्री ओली

    ३ भदौ, लहान । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको कायापलट गर्ने महान अभियानमा सरकार जुटेको बताउनुभएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बरमझियामा शनिबार आयोजित शहीद रामवृक्ष यादवको २४औँ स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “गरिबी, बेरोजगारी अन्त्य गरी मुलुकको कायापलट गर्ने योजनाका साथ सरकार अघि बढेको छ, पाँच वर्षभित्र मुलुकको स्वरुप फेरिनेछ ।” उहाँले […]

  • baburam-bhattarai

    दूरदर्शीताको अभाव भयो : संयोजक भट्टराई

    २ भदौ, काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिज्ञमा दूरदर्शीताको अभावका कारण देशमा आर्थिक रुपान्तरण गर्न नसकिएको बताउनुभएको छ । लेखक दुर्गा सुवेदीको पुस्तक ‘विमान विद्रोह’माथिको छलफलमा उहाँले वैदेशिक नीतिमा वामपन्थी शक्ति र अन्य दल एकताबद्ध नभएकाले देशको कूटनीतिक दृष्टिकोण कमजोर भएको वैदेशिक हस्तक्षेपको नकारात्मक प्रभाव बढ्दै गएको विचार व्यक्त गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]

  • maitighar_stop-rape-

    बलात्कारीलाई फाँसीको माग गर्दै गरिएको प्रदर्शनमा प्रहरी हस्तक्षेप

    २ भदाै, काठमाडौं ।  बलात्कारीलाई फाँसीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ । ‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा […]

  • President-Photo_Secretariat of Minister Rabindra Adhikari-2

    राष्ट्रपति भण्डारी स्वयम्भूमा

    २ भदौ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँको स्वयम्भूमा अवस्थित हालैमात्र जीर्णोद्धार सम्पन्न भएका विभिन्न सम्पदाको आज निरीक्षण गर्नुभएको छ । स्वयम्भूनाथ क्षेत्रमा ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका अनन्तपुर, प्रतापपुर, शान्तिपुर, वायुपुर, वासुपुर एवं अन्य १७ वटा सम्पदाको हालै पुनःनिर्माण सम्पन्न भएको हो । विश्व सम्पदामा सूचीकृत ती सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति भण्डारीले पूजाआजा पनि गर्नुभएको […]

  • Shakti Bahadur Basnet

    स्रोतसाधनको समुचित प्रयोग गरिन्छ : मन्त्री बस्नेत

    २ भदौ, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सुखी नेपाली र समृद्ध नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न उपलब्ध स्रोतसाधनको समुचीत प्रयोग गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ । फोकस नेपालको छैटाँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘समृद्धिका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उहाँले समृद्ध मुलुकले मात्र जनताको आकाङ्क्षा र आवश्यकता […]

  • Siraha

    चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

    २ भदौ, लहान । सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्लामा हुँदै आएको विद्युत् प्राधिकरणको एकल प्रयासबाट चुहावट नियन्त्रण सम्भव नभएकाले त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका […]

  • chitawan

    गहना खरीद बिक्रीको मापदण्ड नहुँदा उपभोक्ता ठगिए

    २ भदौ, चितवन । सुनका गरगहना खरीद बिक्रीमा निश्चित मापदण्ड नहुँदा उपभोक्ता ठगिएका छन् । गरगहनामा लिइने ज्याला र जर्तीको मापदण्ड निश्चित नहुँदा सर्वसाधारण मारमा परेका हुन् । सुनचाँदी व्यवसायीले साना गहनामा ६० प्रतिशतसम्म जर्ती लिने गरेको स्वीकारेका छन् । ठूला गहनामा समेत २० प्रतिशतसम्म जर्ती लिने गरेको पाइन्छ । नारायणगढस्थित एक बैंकका प्रबन्धकले नाम […]

  • Kanchanpur

    चिनी मिलको क्षमता विस्तार

    २ भदौ, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका– १० शिवनगरमा रहेको महाकाली चिनी मिलले क्षमता विस्तार गरेको छ । आठ हजार मेट्रिक टन दैनिक उखु क्रसिङ गर्दै आएको मिलको क्षमता विस्तार गरी दैनिक २२ हजार मेट्रिक टन उखु क्रसिङ गर्ने बनाइएको छ । क्षमता विस्तारका लागि आधुनिक उपकरण जडान गरिएको मिलका एससिएम म्यानेजर सिडी पाण्डेले बताउनुभयो […]

  • sarbocha-adalat

    श्रम उजुरीको सङ्ख्या घट्दो

    २ भदौ, काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा भन्दा गएको आर्थिक वर्षमा श्रम उजुरीको सङ्ख्या घटेको छ । सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा नै उजुरीको व्यवस्था भएको हुँदा अहिले श्रम अदालतमा उजुरीको सङ्ख्या घटेको अदालतका सूचना अधिकारी निधिराम दाहालले जानकारी दिनुभयो । “सङ्घीयता कार्यान्वयनले अदालतमा केही सहजता थपिएको छ,” दाहालले भन्नुभयो, “श्रम कार्यालयले फैसला गरेकोमा […]

  • Nepalpatra

    पहिरोले स्याउ बोकेका कन्टेनर अलपत्र

    २ भदौ, रसुवा । पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो […]

  • Barsaman_Pun

    सरकारको नयाँ योजना सबै नेपालीलाई जलविद्युत्को शेयर

    २ भदौ, काठमाडौँ । सरकारले ‘जनजनमा शेयर घरघरमा बिजुली’को नारालाई रणनीतिक महत्वका साथ कार्यान्वयन गर्ने भएको छ । सो नारालाई कार्यान्वयनका लागि आर्कषक र प्रतिफल दिने आयोजनाको समेत खोजी गरिरहेको छ । रसुवामा चिलिमे जलविद्युत् आयोजनाको निर्माण पछि सो जिल्लाका स्थानीयवासीको आर्थिक तथा सामाजिकस्तर उठेको तथ्यलाई मनन गर्दै सरकारले सबै नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयर […]

  • Bullish trend share-market

    शेयर बजार नेप्से र कारोवार दुवै बढ्यो

    २ भदौ, काठमाडौँ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ४३ करोड ३२ लाख ९४ हजार बराबरको कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल १८५ कम्पनीको ४५ लाख दुई हजार ४५० कित्ता शेयर खरीद बिक्री भएका छन् । कारोवार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको […]

  • pahiro

    सदरमुकाममा पाँच स्थानमा पहिरो

    २ भदौ, दैलेख । गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका […]