१३ बैशाख २०८१, बिहिबार

५५ दलले बुझाए समानुपातिक सूची


निर्वाचन आयोग

असोज २९, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ५५ दलले समानुपातिक उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचन आयोगले विहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र बन्दसूची बुझाउने समय तोकेको भएपनि ठूला दलहरु नै निर्धारित समयको अन्तिमतिरमात्रै आयोगमा पुगेका थिए ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित ५५ वटा दलले समानुपातिकको सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । तर प्रमुख दलहरुले मात्रै प्रतिनिधि सभा अन्तर्गतका ११० र सात वटा प्रदेश अन्तर्गतका २ सय २० जना उम्मेदवारको बन्दसूची बुझाएको जनाइएको छ । साना दलहरु अधिकांशले प्रतिनिधिसभा र प्रदेशसभाका लागि निकै कम उम्मेदवारको सूचि बुझाएका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आइतबार बुझाइएको बन्द सूचि अन्तिम भने होइन । असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म दलहरुले सूचिमा रहेका नाम सच्याउन सक्ने छन् । सच्याईको सूची कात्तिक ६ गतेदेखि १२ गतेभित्र आयोगमा पेश गर्नुपर्ने छ । कात्तिक १३ गतेपछि सूचीमा परेका ब्यक्तिहरुलाई नाम फिर्ता लिने समय दिइने छ भने त्यसको सट्टामा दलहरुले कात्तिक १४ र १५ गते अर्को ब्यक्तिको नाम राख्न सक्ने छन् ।

निर्वाचन आयोगले कात्तिक १७ गते समानुपातिक तर्पmका उम्मेदवारको नामावली प्रकाशित गर्ने छ । त्यस्तै कात्तिक १८ देखि २४ सम्म उम्मेदवारहरुको नाममा दाबी विरोधका लागि समय रहेको छ । कात्तिक २५ देखि मंसीर १ गतेसम्म दाबी विरोधमाथि छानविन गरी मंसीर २ गते आयोगले अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !