१३ बैशाख २०८१, बिहिबार

कांग्रेसका नेता आलमलाई अनुसन्धानका लागि सात दिन म्याद थप


२८ असोज, रौतहट । बमकाण्डमा पक्राउ परेका नेपाली कांग्रेशका नेता मोहम्मद आफ्ताब आलमको म्याद सात दिन थप गरेको छ । आलमलाई २०६४ सालको पहिलो संविधानसभाको चुनावमा राजपुरमा बम विस्फोट गराएको अभियोगमा आसोज २६ गते आफ्नै निवासवाट प्रहरीले पक्राउ गरेका थिए ।

उक्त घटनाको विषयमा अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गते सम्म प्रहरीलाई म्याद प्रदान गरेको हो ।

रौतहट क्षेत्र नं. २ का सांसद् तथा पूर्व मन्त्रीसमेत रहेका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु