१३ बैशाख २०८१, बिहिबार

श्याम परदेशीको पक्राउ परेपछि पीडितहरु खुशी


१६ भदौ, सर्लाही । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’ समातिएपछि पीडितहरुले खुशी व्यक्त गरेका छन् ।

परदेशीले एक लाख ऋण दिएर चार लाखको तमसुक गराउने, ऋण चुक्ता गर्दा पनि तमसुक नदिई अदालतमा मुद्दा चलाएर पक्राउ पूर्जी जारी गराउने गरेका थिए ।

साहको चर्को व्याजबाट सर्वस्व भएका पीडितहरु ऋण चुक्ता गर्दासमेत इज्जत गुमाउने खतरा र खानेकुरा पठाउनै पर्ने बाध्यता रहेको सुनाउँछन् । उनीहरुका अनुसार, अप्ठ्यारो परेको बेला साह ऋण दिन तुरुन्त तयार हुन्थे, तर तरिका अप्ठ्यारो अपनाउँथे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !