१३ बैशाख २०८१, बिहिबार

एटिएम लुट प्रकरण, भारतीय रिजर्भ बैंकको चासो


१७ भदौं, काठमाडौं । चिनियाँ नागरिकले नेपालका एटिएम बुथको स्विच ह्याक गरी रकम निकालेको घटनामा भारतीय रिजर्भ बैंकले पनि चासो व्यक्त गरेको छ ।

उक्त बैंकले भारतीय प्रहरीमार्फत नेपाल प्रहरीसँग घटनाबारे जानकारी मागेको हो । केही दिनअघि भारतीय रिजर्भ बैंकको एटिएम बुथको स्विच ह्याक गरी पाँच करोड भारतीय रुपैयाँ निकालिएको थियो । सो घटनामा भारतीय प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा नेपालमा एटिएमबाट रकम लुट्दै गरेका चिनियाँ नागरिक पक्राउ परेका छन् ।

भारतीय रिजर्भ बैंकले चासो देखाएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार भारतमा एटिएम बुथको स्विच ह्याक गर्ने कोही पनि पक्राउ परेको छैन । ‘भारतमा पनि यस्तै प्रकृतिको एटिएम ह्याक गरेका रहेछन् । उता पनि अनुसन्धान हुँदैरहेछ भारतीय प्रहरी र रिजर्भ बैंकले चासो राखेका छन्’, स्रोतले भन्यो । प्रहरीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकको बयान लिने काम मंगलबारमात्रै सुरु हुनेछ । नागरिक दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !