६ बैशाख २०८१, बिहिबार

मनोज पुनको नाम लिँदै फिरौती माग्ने समूह प्रहरी हिरासतमा


pokhara crimes

१८ माघ, पोखरा । मनोज पुनको नाम लिँदै फिरौती माग्ने समूह प्रहरी हिरासतमा पुगेको छ । उनीहरुले फोन गरेर प्रदेश सांसद तथा उद्योगी विन्दुकुमार थापा, उद्योगी कालु गुरुङ, मनकामना केबलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलगायतलाई ठुलो रकम मागेका थिए ।

रकम माग गर्ने मुख्य योजनाकार नरबहादुर गुरुङसहित शिव कार्की, अमृत खड्का र रामु सुवेदीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । आर्थिक हैसियत बढाउन र केही लेनदेन सुल्झाउने लोभले फिरौती माग गरेको उनीहरुले बताएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।

पछिल्लो समयका केही हत्या घटनाका मुख्य योजनाकार मनोज पुनको ग्याङ हौं भन्दै एक महिनादेखि भारत तथा नेपालका विभिन्न ठाउवट मोबाइल नम्बर परिवर्तन गर्दै उनीहरुले रकम माग गरेका थिए । एक महिनादेखि नै उनीहरुको खोजीमा रहेको प्रहरीको विशेष टोलीले अहिले आएर सफलता हात पारेको हो । ‘एक महिनादेखिको प्रयास सफल भयो,’ एसपी अशोक सिंहले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !