८ बैशाख २०८१, शनिबार

दरबारमार्ग बलात्कार काण्डको पीडित युवतीको बयान : ‘कार्की मेरो ब्वाय फ्रेन्ड हो, सहमतिमै शारीरिक सम्पर्क भएको हो


बाल यौन शोषण

१८ माघ, काठमाण्डौ । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती सामूहिक बलात्कार भएको भनिएको सामूहिक बलात्कारको घटनामा पीडित भनिएकी युवतीले बयान फेरेकी छन् । महानगरीय प्रहरी परिसर, काठमाण्डौले गठन गरेको छानविन समिति समक्ष युवतीले सहमतिमै यौन सम्पर्क भएको बयान दिएकी हुन् ।

‘कार्की मेरो ब्वाय फ्रेन्ड हो, ऊसँग सहमतिमै शारीरिक सम्पर्क भएको हो’, युवतीको भनाइ उदृत गर्दै महानगरीय प्रहरी प्रमुख रवीन्द्र धानुकले भने, ‘प्ररम्भिक अनुसन्धानमा युवतीले सहमतिमै सम्पर्क भएको बताएकी छन्, अनुसन्धान जारी छ ।’ उक्त युवतीलाई शैलेश कार्कीलगायत चार जनाले सामूहिक बलात्कार गरेको आरोप लागेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !