८ बैशाख २०८१, शनिबार

बलात्कार प्रकरणको अनुसन्धानका लागि महानगरीय प्रहरीले पनि बनायो छानबिन समिति


police

१७ माघ, काठमाण्डौ । गत बिहीबार राति काठमाण्डौ दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको युवती बलात्कार प्रकरणको अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । जोशीको नेतृत्वमा बुधबार चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा एसपीद्वय राजेन्द्रप्रसाद चौधरी र राजेन्द्र विष्ट, डिएसपी सोमेन्द्रसिंह राठौर र सई प्रदीप अधिकारी छन् । कार्यालयका प्रमुख आयुक्त एआईजी जयबहादुर चन्दले घटनामा आफ्नो मातहतको प्रहरी अधिकारीकै संलग्नता रहेको भनी सार्वजनिक रुपमा कुरा आएपछि त्यस विषयको छानविन गर्नु मेन्ट्रोको दायित्व भएकाले समिति बनाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !