१३ बैशाख २०८१, बिहिबार

रौतहटको राजपुरमा गोली प्रहारवाट एक जना घाइते


Rautahat gunfire

१५ माघ रौतहट । रौतहटको राजपुर नगरपालिका ९ बैरियामा आज विहान अज्ञात समूहको गोली प्रहारवाट एक जना घाइते भएका छन् । गोली लागि बैरियाका ३५ वर्षिय शेख समिउल्ला घाइते भएका छन् । उनको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको प्रहरीले जनाएको छ । गाैर अस्पताल पुर्याइएका उनलाई अहिले थप उपचारका लागि विरगञ्ज लगिदैछ ।

आफ्नो खेतीबाली हेर्न गएका बेला बैरिया र पिप्राभगवानको बीचमा पर्ने बकैया खोलाको बगरमा समिउल्लामाथि अज्ञात समूहले गोली हानेको हो । गोली चलेको आवाज सुनेपछि स्थानीयले गुहार लगाएका थिए र अचेत भएका समिउल्लालाई अस्पताल पुर्याएका थिए । जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी रामकुमार धानीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !