४ बैशाख २०८१, मंगलबार

दुर्इ दिनदेखि हराएका युवक मृत अवस्थामा भेटिए


bhaktapur immage

१४ माघ, भक्तपुर । दुर्इ दिनअघि भक्तपुरको वंशुगोपालवाट हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पताल नजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । अनुसन्धानका क्रममा उनी भक्तपुर नगरपालकिा ७ बंशुगोपालका ३३ वर्षीय देवकुमार मानन्धर रहेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनाको बारेमा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !