१२ बैशाख २०८१, बुधबार

सिन्धुपाल्चोक दुर्घटना : ११ मृतकको सनाखत


२४ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । दुर्घटनावाट गम्भीर घाइते भएका १३ जनालाई काठमाडौं ट्रमा सेन्टरमा उपचारको लागि पठाइएको र ५१ जना धुलिखेल अस्पतालमा उपचार गराइएको सिन्धुपाल्चोकको डिएसपी माधव काफ्लेले जनाकारी दिए ।

मृत्कायु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका–१० का रितेश आचार्य छन् । अन्य मृतकहरू जुनादेवी लम्साल, सुभाष अधिकारी, गणेश तामाङ, मीना मगर, रितेश आचार्य रहेका छन् । एक बालक सुमित पुर्कुटीको पनि सनाखत भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु