८ बैशाख २०८१, शनिबार

सिरहाबाट लागुऔषधसहित तीन युवक पक्राउ


पक्राउ

२४ असोज, काठमाडौं । लागुऔषधसहित प्रहरीले सिरहाबाट तीन युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका– ३ का १८ वर्षीय विवेककुमार चौधरी, सोही ठाउँका १८ वर्षीय उपेन्द्र चौधरी र १८ वर्षकै रञ्जीत मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा तीनै जनाका साथबाट नाइट्रोभेट ट्याब्लेट ३०० चक्की बरामद भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !