७ बैशाख २०८१, शुक्रबार

अपडेट : सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो


सिन्धुपाल्चोक दुर्घटना

२४ असोज, काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, भीमटार नजिक बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ भने ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगीता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् । अन्यको सनाखत भएको छैन् ।

दशैं मनाएर काठमाडौं फर्कंदै गरेका ४० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याइएको छ । बसमा सवार ५० यात्रुमध्ये अधिकांश घाइते भएका छन् । दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । दुर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !