८ बैशाख २०८१, शनिबार

दुर्घटनामा चालकको मृत्यु


durghatana

२० मङ्सिर, भक्तपुर । काठमाण्डौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प १४१९ नं को मोटरसाइकल दुर्घटना हुदाँ चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २३ वर्षीय कुमार श्रेष्ठको आज मृत्यु भएको छ ।

मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !