१३ बैशाख २०८१, बिहिबार

नेपाली काँग्रेसका नेता तथा सांसद बहादुर सिंह लामाको जीवन


बहादुर सिंह लामा

पृष्ठभूमि र जन्म

२०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिवान नेता हुनुहुन्छ बहादुर सिंह लामा । नेपाली कांग्रेसभित्र इमान्दार र विकासप्रेमी नेताको रुपमा चिनिनु भएका लामाले जिल्लाको लागि महत्वपूर्ण योगदान दिनुभएको छ । साथै एमाओवादीका चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई दोस्रो संविधानसभा निर्वाचनमा भारी मतले हराएर सभासद चुनिएसँगै उहाँले जिल्लाको लागि उल्लेखनीय काम गर्नुभएको छ । नेपाली काँग्रेसका नेता तथा निर्माण ब्यावसायी लामा बिभिन्न संघ संस्थामा आवद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय हुनुहुन्छ।

नेपाली कांग्रेसका नेता बहादुर सिंह लामा नुवाकोट जिल्लाको किसपान-५ मा बुवा दिप बहादुर तामांग र पूर्णिमाया तामांगको छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका लामा राजनीतिमा संलग्न हुनुहुन्छ । हाल काठमाडौ वडा न. ५ बस्नु हुने लामा सान्ता वाइबा तामांगसँग बैबाहिक सम्वन्धमा बाँधिनु भएको हो । २०४३ सालवाट विधार्थी राजनीति सुरु गरेर पार्टी राजनीतिमा सक्रिय लामा २०५४ सालमा गाबिस अध्यक्ष बन्नुभएको थियो । राजनीति संगसंगै २०४७ वाट उहाँले ब्यवसाय समेत गर्दै आउनुभएको छ । तर उहाँ राजनीतिकर्मी कै रुपमा नेपाली समाजमा स्थापित हुनुहुन्छ ।

शिक्षा

लामाले चन्देश्वोरी माबिवाट एसएलसी पास गरी काठमाडौँको पिपूल्स क्याम्पसवाट प्रविणता प्रमाणपत्र तहको पढाइ पूरा गर्नुभएको हो । उहाँले शंकरदेव क्याम्पसवाट स्नातक तहसम्मको अध्ययन पुरा गर्नुभएको हो ।

प्रकाशन

उहाँले अहिलेसम्म कुनै पुस्तक निकाल्नुभएको छैन तर लेख भने धेरै नै लेख्नुभएको छ । उहाँका लेखहरु राष्ट्रिय दैनिक पत्रिकाहरुवाट नियमित प्रकाशित हुने गर्दछ । उहाँले बिशेषगरी देशको आर्थिक अवस्था, राजनैतिक बिषय र समसामयिक सन्दर्भमा कलम चलाउने गर्नुहुन्छ  ।

खाना

लामालाई सामान्य खाना नै मनपर्छ उहाँ खानामा कहिले पनि अप्ठ्यारो हुनुहुन्न जे जस्तो भएपनि उहाँलाई । घर परिवारको लागि खानाको विषयमा उहाँ धेरै सजिलो भएको बताउनुहुन्छ ।

पोसाक

उहाँलाई साधारण पोसाक मनपर्छ । यहि नै पोसाक लगाउनुपर्छ भन्ने उहाँको कुनै रुचि छैन, सहज हुने जुनसुकै पोशाक लगाउनु हुन्छ लामा ।

फिटनेस

उहाँ खासै केहि नियमित फिटनेसको लागि कार्य गर्नुहुन्न तर समय मिलेमा भने ब्याडमिन्टन खेल्नुहुन्छ ।

घुमफिर र फुर्सद

लामालाई घुम्न धेरै मनपर्छ, देशविदेश धेरै घुमिसक्नु भएको बताउने उहाँ फुर्सदको समयमा लेख लेख्ने, कथाहरु पढ्ने, अन्य लेखकका लेख पढ्ने गर्नुहुन्छ । उहाँ फुर्सदमा पत्रिका पढ्ने, साथीहरुसँग भेटघाट गर्ने, अन्तर्वार्ता र समाचारहरु हेर्ने र खेलका कार्यक्रमहरू हेर्ने गर्नुहुन्छ ।

खेलकुद

उहाँलाई खेलकुदमा एकदम रुचि रहेको छ बिशेषगरी फुटबल मन पराउनुहुन्छ । टिभीमा पनि बिशेष खेलकुद हेर्ने गर्नुहुन्छ ।

मोबाइल

लामा अहिलेको आवश्यक संचार साधनको रुपमा रहेको मोबाइल जनसम्पर्कको लागि अति उपयोगी भइसकेको बताउनुहुन्छ । चलाउन सजिलो लागेका कारण सामसुङ ब्राण्डको मोबाइल बोक्ने गर्नुहुन्छ लामा ।

टेलिभिजन

उहाँ टिभिमा खेल हेर्ने गर्नुहुन्छ । विशेषगरी फुटबल हेर्न रुचाउने लामा खेलका अन्य विधा पनि टेलिभिजनमा हेर्ने एकदम रुचि छ उहाँको ।

चलचित्र

विधार्थी कालमा मात्र चलचित्र हेरेको अनुभव छ लामासंग । लामाले हलमा गएर हेरेको अन्तिम फिल्मको कुनै सम्झना नरहेको बताउनुहुन्छ ।

स्वास्थ्य

स्वास्थ्यको लागि खासै केहि नगरेको बताउने लामाको खानामा पनि खासै यहि हुनुपर्छ भन्ने छैन । साधारण खाना मन पराउने उहाँलाई मन नपर्ने कुनै खाना वा परिकार छैन ।

मापसे

बिशेष अवसरमा थोरै लिने गर्नुभएको छ लामाले ।

संगीत

उहाँ विशेषगरी मार्मिक र भाव भएका गीतहरु सुन्न रुचाउनुहुन्छ । लामा भन्नुहुन्छ गीतले मन छुन सक्नुपर्दछ ।

भूल

उहाँ भन्नुहुन्छ, “मैले सिकार खेल्ने क्रममा बारूद जलाउदा गल्तीले साथी घाइते बनाउन पुगेको थिएँ । त्यो नै मेरो जीवनको ठुलो भूल हो ।”

सौन्दर्य

सौन्दर्य फूलजस्तै सुन्दर हुनुपर्दछ । सौन्दर्य नै आकर्षणको मुख्य वस्तु हो जसको जीवनमा यो अति नै आवश्यक हो लामाको बुझाइमा ।

प्रेम

लामाको बुझाइमा प्रेम भनेको अन्तर मनको भाव हो जुन जीवनमा आवश्यक छ ।

सपना/ लक्ष्य

नेपाली सम्पन्न, सम्बृद्ध भएर नेपाल विकास मार्फत विश्वमा आगाडि पुराउन सकेको योगदान गर्ने सपना बन्नुभएको बताउनुहुन्छ लामा । देश विकासको लागि केहि गर्ने सपना बुन्नुभएको लामा आफ्नो कुनै निजी स्वार्थ नभएको बताउनुहुन्छ ।

विदेश भ्रमण

लामाले भारत, अमेरिका, चीन, जापान, कोरिया, बेलायत, हङकङ्ग, सिंगापुर, बंगलादेश, ताइवान,  दुवई, मलेसिया र युरोपको प्राय सबै देश आदि ।

यो पनि पढ्नुहोस् 

नेपाली काँग्रेसका लोकप्रिय नेता तथा पूर्व बनमन्त्री शंकर भण्डारीको जीवन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !