८ बैशाख २०८१, शनिबार

बहुमुखी प्रतिभाका धनी इन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठको जीवन  


पृष्ठभूमि जन्म

बहुमुखी प्रतिभाका धनी बिरेन्द्र श्रेष्ठ ताप्लेजुङ्ग जिल्लाको सिनाम-५ पंचमीमा बुवा टेक बहादुर श्रेष्ठ र माता बिष्णु कुमारी श्रेष्ठको जेष्ट सुपुत्रको रुपमा मध्यमबर्गीय ब्यापारिक परिवारमा जन्मिनु भएका श्रेष्ठ पेशागत हिसाबले इन्जिनियर हुनुहुन्छ । श्रेष्ठ इन्जिनियर मात्र नभई नेपाली सांगीतिक क्षेत्रको गायक हुनुहुन्छ । अर्मेनियामा ईञ्जिनियरिङ्ग पढ्दा प्रेम बसी मानोलाक बुफाश्री (श्रेष्ठ) सँग बैबाहिक सम्वन्धमा बाँधिनु भएको हो ।

शिक्षा

‘हुने बिरूवाको चिल्लो पात’ भने झै श्रेष्ठ बाल्य अवस्थादेखि नै पढाईमा अब्बल हुनुहुन्थ्यो । श्रेष्ठले ताप्लेजुङ्ग जिल्लाको भानु माबिवाट एसएलसी पास गरी काठमाडौँको लैनचौर ठमेलमा अवस्थित अमृत साइन्स क्याम्पसवाट आईएससी गर्नु भएको थियो । उहाँले अर्मेनिया ईञ्जिनियरिङ्ग बिश्वबिद्यालयवाट ईलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंगमा स्नातक तहका साथै सन् १९९६ मा स्नातकोतर तहको अध्ययन पुरा गर्नु भएको हो ।

पेशागत अनुभव

श्रेष्ठले इन्जिनियरिंगको पढाई सकेर नेपाल फर्किसकेपछि नेपाल बिधुत प्राधिकरणमा इन्जिनियरको रुपमा काम शुरुवात गर्नुभएको थियो । उहाँ अहिले विभिन्न परियोजनाहरुमा काम गर्दै आई रहनु भएको छ ।

Birendra Shrestha at Work

नेपाल बिद्युत प्राधिकरणबाट आफ्नो ब्यबसायिक जीवन शुरु गरेर सन् २००२ बाट इन्द्रावति तेश्रो जलबिद्युत आयोजनाको प्रमुख ईन्जिनियर हुदै उक्त कम्पनीको १० बर्षे यात्रामा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालेको अनुभबले थुप्रै आयोजनाको निर्माणको काममा आयोजना प्रमुख भई काम गर्दै हाल बिश्व बैंकले लगानी गरेको कावेली “ए” जलबिद्युत आयोजनाको प्रबन्धकको भूमिकामा कार्यरत हुनहुन्छ । आफ्नै लगानीमा निर्माणाधिन सुनकोशी ए हाडीखोला साना जलबिद्युत आयोजनाको प्रमुख कार्यकारी निर्देशकको भूमिकामा रहेको र अन्य थप आयोजनाहरू pipeline मा रहेका छन् ।

सांगीतिक यात्रा

ताप्लेजुङ्ग जिल्लाको सिनाम जसलाई अधिकांश गाउँ  छिमेकले  “कुमार” नामले चिनिनुहुन्छ भने बाल्यावस्थादेखि नै तिक्ष्ण बुद्धि अनि मिलनसार ब्यक्तित्वका धनी बिरेन्द्रको सानै उमेरदेखि नै गायनमा औधी रुचि थियो । सानो हुँदा स्कुलको भवन निर्माण गर्न देउशी भैलोमा लिड गायकको भूमिकामा रहँदा गायनको लत बसी आफ्नो लुकेको प्रतिभालाई ताप्लेजुङ्गको शिवानी हाईड्रोमा काम गर्ने क्रममा ज्वालामुखी निक्ले जस्तो भै २०७२ सालको भुकम्प पश्चात विधिवत रुपमै गायन यात्रा शुरु भएको हो ।  ‘घर हाम्रो लेकैमा’, ‘हिउँ पर्यो फुरुर’, ‘तिरमिर भयो’, ‘तिम्रो मनसंग आँखा लाउछन’, ‘जादु शक्ति देऊ’, ‘हत्केलामा मिठो मिठो’ लगायत हालसम्म २ दर्जनभन्दा बढि फरक-फरक विधाका गीत गाउनु भएको छ ।

OS नेपालको सर्बोत्कृष्ट लोकपप गायकको पुरस्कार ग्रहण गर्दै
OS नेपालको सर्बोत्कृष्ट लोकपप गायकको पुरस्कार ग्रहण गर्दै

शम्भु राई,  टिका भण्डारी,  दिपक शर्मा,  शंकर थापा, बिनय बर्मा, सप्रेम सागर, उदेश श्रेष्ठ, प्रमोद निर्वाण, महेश ज्ञवाली लगायतका अब्बल संगीतकारका गीतहरू गाउनु भएको छ । दिपक शर्माको शब्द अनि संगीत, उदयराज पौडेलको संगीत संयोजनमा रहेको गीत घर हाम्रो लेकैमा मार्फत OS नेपालको सर्बोत्कृष्ट लोकपप गायकको पुरस्कार पाउनु भएको छ ।

खाना

मानब शरिरका हरेक ज्ञानेन्द्रियहरु आफ्नो दैनिकीसंग सम्मोहित बनेका हुन्छन । त्यसैले होला उहाँलाई उहाँकी आमाले पकाउनु भएको खाना संसारकै स्वादिष्ट खाना लाग्ने गर्थ्यो, त्यस्तै उहाँलाई उहाँकी ठूली बहिनी अनि परिवारले पकाएको खाना स्वादिष्ट लाग्छ । खाना बाँच्नको लागि मात्र नभै संसारभरिकै मौलिक खानाहरुको रुचि लाग्छ उहाँलाई । आफ्नो शरिरलाई चाहिने खाना मात्र बढि रुचि लाग्छ तर श्रृगांरिक खाना मन नपर्ने भने होईनसमय सिमाभित्र खानु अनि सन्तुलित आहारको रुचि भने दिनचर्या नै हो उहाँको  ।

पोसाक

उहाँलाई फर्मल पोशाकले ब्यक्तित्व झल्किने ज्ञान हुँदाहुँदै पनि क्याजुयल ड्रेसमै रम्न बढि रुचि लाग्छ । साधारण क्याजुयल ड्रेसमा रहदा बाह्य काम गर्नु अनि असिफमा समेत काम गर्न सकिने भएकै कारण बढि क्याजुयल ड्रेसमा रुचि भएको हो उहाँलाई ।

Birendra Shrestha in Dhaka Topi

नेपाल अनि नेपालीको शान राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट, ढाकाको टोपी, छालाको जुत्ता अनि ढाकाको फेटा लगाउन गौरव लाग्छ उहाँलाई ।

फिटनेस

उहाँलाई मानव शरिर मानसिक र शारिरिक रुपले दुरुष्त हुनुपर्छ भन्ने लाग्छ । असल सोच, असल ब्यबहारको साथ आवश्यकता अनुसारको शारिरिक दुरुष्ति भएमा मात्र शरिरमा रोग प्रबेश गर्न गाह्रो हुने भएकोले फिटनेश हाम्रो लागी एक अपरिहार्य भन्नुहुन्छ । साघारण ब्यायमबाट सकेसम्म आफुलाई फिट राख्न प्रयत्नरत र शरिरलाई मोटाउन नदिन ग्रिन टि तथा सन्तुलित आहारको भोजन गर्ने गरेको बताउनुहुन्छ ।

अध्ययन

उहाँको बुझाईमा जे पढे त्यो लागु गर्ने काम शिक्षा होईन रहेछ, शिक्षा एउटा असल ब्यक्तित्व बिकासको माध्यम रहेछ, सहि बिश्लेष्ण गरी काम गर्न सक्ने हुनुलाई शिक्षा प्राप्ति भनिदो रहेछ, चिन्तनले शिक्षा प्राप्तीको बाटो खोल्दो रहेछ ।

ताप्लेजुङ्गको सिनाम माबिको पाटोदेखि अध्य्यन शुरु गरी अर्मेनिया ईन्जिनियरिङ्ग विश्वबिद्यालयबाट १९९६ सालमा ग्रेजुएटभई जलबिद्युतको बिकास, जलश्रोतको उपयोगिता, बिद्युत गृहको संचालन संभार, निर्माण ब्यबस्थापन, पब्लिक ब्यबस्थापन लगायत लिडरशिप सम्बन्धि तालिम र अध्ययन गर्नुभएको छ ।

घुमफिर

नयाँ-नयाँ ठाउको अवलोकन गर्न औघि रुची भएको, हालसम्म ४० भन्दा बढि मुलुकको भ्रमण गरिसक्नु भएको छ । प्राय: धेरै  मुलुकको शहरमा मात्र भ्रमण नगरी गाउँ र भित्री बस्तीको बिकाश र जिवनशैली र ती बीचका अन्तरको अध्ययन गर्ने गरेको बताउनुहुन्छ  ।

Birendra Shrestha at Visit

उहाँ भन्नुहुन्छ, ‘’नेपाल भौगोलिक बिबिधताले भरिभराउ देश भएको हुनाले झापाको केचनादेखि उच्च पहाडी क्षेत्रसम्म बेग्ला-बेग्लै हावापानी करिब ३० मिनेटको ड्राईभमै पुग्न सकिन्छ, जस्तो कि झापाबाट ईलामको कन्याम” । घुमफिरको लागि उच्च हिमाली क्षेत्र वा तल्लो पहाडी क्षेत्र अत्यन्तै रुचाइएको स्थान हो उहाँको लागि । उहाँलाई ताप्लेजुङ्गको याम्फुदिन, धुन्सा, पाथिभरा आदि मलाई अत्यधिक मनपर्ने स्थानहरु हुन् जहाँ धुम्न जाँदा स्वर्गिय आनन्द प्राप्ति हुन्छ ।

फुर्सद

जीवन सधै फुर्सदिलो अनि सघै ब्यस्त, यो मन रहेछ आफुलाई गन्तब्यमा डोयाउने, जीवनमा अनेकौ उत्कण्ठाहरु पुरा गर्न बाँकी छन, अफिस तथा ब्यबसायका नियमित कार्य सकिनसाथ संगीत अनि साथीभाई भेटघाट र मिलेसम्म परिवारसंग समय बिताउनुहुन्छ । समय निकालेर नै  भएपनि घुमफिरलाई बिशेष ग्राहयता दिने गर्नुहुन्छ । फुर्सदले मानिसलाई थप बेफुर्सदि र प्रत्युत्पादक काममा लगाउने भएकोले आफुलाई सधै उत्पादनमुलक काममा प्रयोग गर्ने गरेको बताउनुहुन्छ ।

खेलकुद

उहाँले खेलकुदको शारिरिक र मानसिक बिकाशमा बिशेष भूमिका हुने भएकोले बिद्यार्थी कालमा खेलकुदलाई बिशेष ग्राहयता दिने गरेको, कमलपोखरी बक्सिङ्ग क्लबमा गुरु लक्ष्मण शम्सेर थापाज्युको प्रशिक्षणमा रहदा श्री ५ बीरेन्द्र शुभजन्मोत्सब खुला बक्सिङ्ग प्रतियोगितामा सहभागी भै मेडल जित्न सफल, बिश्वबिद्यालयको अध्ययनको क्रममा भलिबल प्रशिक्षकको ३ बर्षे तालिम लिएको, नेपाल बिद्युत प्राघिकरणको जागिरे जीवनमा भलिबलका बिशेष टुर्नामेन्टमा सहाभागी भई ने.बि.प्रा. र आफ्नो बिभागको लागि शिल्ड कप जितेको, भलिबल, छेलो, दौड, भाले जुघाई अत्यधिक खेलेको खेलहरु हुन् ।

मोबाइल

उहाँ भन्नुहुन्छ, “२१ औ शताब्दीको अमुल्य उपहार, ईन्जिनियरिङ्ग क्रान्तिले आजभन्दा १५/२० बर्ष पहिले मात्र चिठी, आकाशवाणीको सहयोगले मात्र सुचना आदान-प्रदान हुने यो मुलुकमा संसारभरिको सुचना सहितको मोबाईल फोनले बिश्वमा क्रान्ति ल्याएको छ जुन प्रबिधि अनि त्यो साधनसंग म टेक्नोलोजिलाई नजिकबाट बिश्वास गर्ने मानिस टाढा रहनै सक्दिन ।“

टेलिभिजन

टेलिभिजन युग नेपालमा शुरु हुनुपुर्बदेखि स्मार्ट टिभी सम्मको यात्रा पार गरेर आउँदा अबको जेनेरेशनलाई घण्टौ टेलिभिजनमा बिताउने समय नहुने  र कम्पेटिवल डिभाईस वा मोबाईल वा कुनै बैकल्पिक यन्त्रलाई नै बिकल्पको रुपमा लिनुहुन्छ । उहाँको असाध्यै  कम मात्र टिभि हेर्ने बानी छ ।

चलचित्र

एकदमै न्युन मात्र चलचित्र हेर्ने गरेको, चिनो, कुसुमे रुमाल, लुट, छक्का-पन्जा, होस्टेल, केही हिन्दी तथा बिभिन्न देशका मुभिहरु हेरेको बताउनुहुन्छ ।

स्वास्थ्य

स्वास्थ्य जीवन हो, स्वास्थ्य छु र त म छु अनि आफ्नो लक्ष्यलाई गन्तब्यमा सजिलै पुयाउन सकिने बताउनुहुन्छ । उहाँलाई स्वास्थ्य राख्न गरिने उपायहरु (नियमित ब्यायम, सन्तुलित आहार, आफ्नो कर्ममा रमाउन कोशिष) अपनाउदै, स्वास्थ्य जीवन नै अमुल्य बरदान भन्ने सम्झी जीवनयापन गर्ने गर्नुभएको छ ।

अभिव्यक्ति

आफुलाई लागेको कुरा प्रष्ट भाषामा बुझाउन सक्ने क्षमता राख्नुहुन्छ  ।

मापसे

बिशेष अवसरमा सामान्य मात्रामा लिने गर्नु भएको छ ।

संगीत

उहाँको लागि संगीत जीवन हो । उहाँ भन्नुहुन्छ “संगीत कसलाई मन पर्दैन र ? पशु-प्राणीलाई समेत संगीत सुनेर धेरै दूध दिने, मासुका लागि पालिएका जनावर, पंक्षीहरु समेत धेरै आहार खाने र आनन्दित भई  मोटाउने,  ठूला महारोगको उपचार समेत संगीत थेरापीले गर्ने गरेको पाईन्छ ।”

 

बिद्यालय निर्माणार्थ देउसी भैलो कार्यक्रममा गीत गाएर अमोक रुपमा गढेको बाल्यअवस्थाको उत्कण्ठालाई ४ बर्ष अगाडीबाट मात्र बिधिवत गायन यात्रालाई शुरु गरी २ दर्जन भन्दा बढि बिभिन्न बिधाका गीतहरु गाई सकेको बताउनुहुन्छ ।

भूल

उहाँ भन्नुहुन्छ, “मानिस हो भूल अवश्य गर्छ । लोभी-लालची र अक्षम्य भूल भने गरे जस्तो लाग्दैन । बाल्य अवस्थामा स्कुलबाट घर फर्किदा भोकले घरघनी नभेटिदा अनुमति बेगर भोगटे, अम्बक टिपेर खाएको रमाईलो अनुभव छ । मप्रति त्यस्तो केहि गुनासा भए सुझावको लागी कृतज्ञ हुने थिए ।”

घर

उहाँ भन्नुहुन्छ, “जीवन एक युद्ध हो घर एक मन्दिर । जहाँ आउनासाथ सबै दुःख-कष्ट भुलेर पूर्ण उर्जाका साथ पुनश्च युद्ध लडन जान सकोस । कर्म, बिवशता, प्रतिस्पर्धाको कारण क्षणिक काठमाण्डौको बसाई पश्चात केहि समयमै पुनश्च आफ्नो घर ताप्लेजुङ्ग मै स्थायी बसोबास गर्नेछु ।”

राशी

सबैसंग मिल्न सक्ने क्षमता भएको, सकेसम्म अरुको भलो चाहने, निडर, रसिलो, जडिबुटि, पर्यटन र जलश्रोतबाट नेपाललाई संसार कै समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने लक्ष्यका साथ अगाडी बढिरहेको सुन्दर राशि भएको एक अविरल यात्री हु भन्नुहुन्छ ।

सौन्दर्य

भित्री सुन्दरतालाई बढि ग्राह्यता दिने ब्यक्ति परेतापनि बाह्य सुन्दरता भए सुनमा सुगन्ध हुने बुझाई हो उहाँको । भित्री सुन्दरता प्राय: अमूर्त हुन्छन भने बाह्य सुन्दरता प्राय: ब्यक्ति बिशेष फरक-फरक हुन्छन र यो मूर्त अनि समय-काल अनुसार परिवर्तन हुदै जान्छ भन्नुहुन्छ  ।

प्रेम

सम्बन्धको अमूर्त रुप प्रेम हो जहां लोभ, ईष्र्या, नाफा, घाटा, प्राप्तीको लेखा-जोखा नै हुन्न अन्य सबै माया मात्र हो जुन क्षणिक, आवेशिक, बाद्यात्मक हुने बताउनुहुन्छ  ।

सपना

मानिसको शरिर मरेर गएपनि आत्मा अमूर्त हुन्छ र नै हामी मानिसको मृत्युवरण पश्चात भगवानसंग याचना गर्छौ कि उसको आत्माले चीर शान्ति पाओस भन्नुहुन्छ । मानिस एक अत्यन्तै सिर्जनशील प्राणी हो जो हरपल नयाँ खोज अनि बिगतलाई पनि पल्टाई रहेको हुन्छ त्यसैले शुसुप्त अवस्थामा समेत उसको मस्तिष्कले काम गर्ने भएको हुँदा सपना देखिने बताउनुहुन्छ ।

उहाँ बाल्यावस्थामा अत्यधिक उडिरहेको सपना देख्थे भने हाल निदाएर देखिने सपनाको संख्यामा एकदमै कमी आएको छ भने पूर्ण मस्तिष्कले देखेका सपनाहरु कार्यान्वयन गर्न गराउन तल्लिन छु भन्नुहुन्छ । मुलुक समृद्ध भए स्वत: हरेक ब्यक्ति समृद्ध हुने भएकोले समृद्ध नेपाल उहाँको सपना हो ।

मृत्यु

उहाँ भन्नुहुन्छ, “यो ब्रह्माण्डको एक मात्र परम सत्य भनेको आयु हो, जुन निश्चित समय पश्चात समाप्त हुन्छ  । हामी यो सबै बुझेर पनि मृत्युसंग हरपल डराईरहेको हुन्छौ । ब्यक्तिगत रुपमा  म खासै मठ-मन्दिरमा भगवान दर्शन वा प्राप्तीको कारणले नगएपनि अध्यात्मिकता र भगवानप्रति आधात आस्था र बिश्वास छ । श्रृष्टि संचालनको लागि हर ब्यक्ति यो चक्रभित्र परी सकिएकोले आफ्नो सामर्थ्यले भ्याएसम्म म र मेरो नगरी कम्तीमा हाम्रो बिकास र मुलुकको बिकासलाई ढिला नगरी सोचौ ।”

विदेश भ्रमण

पूर्बी युरोपका प्राय: सबै देशहरु, पश्चिम युरोपका केहि देशहरु बाहेक सबै,ल्हासा चिन भियतनाम, कम्बोडिया, लाओस, थाईलेण्ड, दुबाई, कतार, मलेशिया, भारत, अस्ट्रेलिया आदि  ।

लक्ष्य

आफुलाई संगीत एउटा नशा भई सकेको र बर्षमा कम्तिमा २ वटा गीत आफुलाई माया गर्ने श्रोता माझ ल्याउने बताउनु हुन्छ । आफ्नो जन्मभुमि ताप्लेजुङ्गलाई स्वर्गको टुक्रा सम्झिनुका साथै चाडै नै ताप्लेजुङ्गको High-Mid Altitude को प्रयोग गरी उन्नत प्राकृतिक खेती गरी  नेपाल र बिश्वमाझ चिनाउदै हजारौ व्यक्तिलाई उचित श्रम सहितको रोजगार उपलब्ध गराउने लक्ष्य श्रेष्ठको रहेको छ ।

Birendra Shrestha aim

जलबिद्युतको विकासले मुलुक समृद्ध हुने लक्ष्य लिएर बिदेशमा आई लागेका अनेकौ अवसरहरू त्यागेर मुलुकको सेवा गर्ने क्रममा अलैची र अन्य जडीबुटीबाट भई रहेको आम्दानीलाई उन्नत प्राकृतिक खेती प्रणालीबाट ताप्लेजुङ्ग र पाँचथरलाई मुलुकभित्र मात्र नभई बिश्वमा नै चिनाउने लक्ष्यको लागि आफुले हासिल गरेको सिप ज्ञान दक्षताको प्रयोग अब चाडै गर्ने  सोचमा हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

जहाँ इच्छा त्यहाँ उपाय भने झैँ समयको सहि सदुपयोग गरिरहेको छु – इन्जिनियर तथा गायक श्रेष्ठ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !