८ बैशाख २०८१, शनिबार

तीन तह बीचको सम्बन्ध मजबुत बनाउन सके मुलुकको समृद्धि सम्भव छ : मुख्यमन्त्री पोखरेल


कृष्णचन्द्र नेपाली पोखरेल

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तह, प्रदेश र सङ्घ सरकारबीचको सम्बन्ध अझ मजबुत बनाउन सकेमा मुलुकको समृद्धि सम्भव रहेको बताएका छन् ।

नयाँ वर्ष विसं २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले कार्य सम्पादनका क्रममा भएका कमजोरीमाथि समीक्षा गर्दै प्रदेशको समृद्धिका लागि चाल्नुपर्ने कदमका बारेमा आम नागरिकको सुझाव र सल्लाहको अपेक्षासमेत प्रदेश सरकारले गरेको उल्लेख गरेका छन् ।

प्रभावकारी सेवा प्रवाह तथा सुशासन प्रदेश सरकारको पहिलो सर्त भएको बताउँदै मुख्यमन्त्री पोखरेलले सङ्घीयताको अभ्याससँगै नागरिकका आवश्यकता र चाहनानुसारका क्षेत्रमा काम गर्न आफूहरू क्रियाशील रहेको बताए । “प्रदेश सरकारले प्रष्ट सोच र योजनाका साथ आर्थिक समृद्धिको लागि प्रयत्न गर्दै आएको छ”, मुख्यमन्त्री पोखरेलले सन्देशमा भनेका छन् ।

विसं २०७९ साल चुनावी वर्ष भएकाले निष्पक्ष निर्वाचनमा सहभागी भई मुलुकको समृद्धिका साथै प्रजातान्त्रिक प्रणालीको सुदृढीकरणका लागि योगदान पुर्याउन प्रदेशवासीमा अनुरोध गर्दै उहाँले नयाँ वर्षले प्रदेशमा दिगो शान्ति, सुदृढ प्रादेशिक एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !