११ बैशाख २०८१, मंगलबार

निर्वाचनलाई उत्सवका रूपमा लिँदै सक्रिय सहभागिता जनाउन उपराष्ट्रपतिको आग्रह


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रत्यक्ष मतदानद्वारा आफ्नो सरकार आफैँ बनाउने स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा लिन आग्रह गरेका छन् ।

‘रङहरुका पर्वका रूपमा मनाइने नेपालीको लोकप्रिय चाड यस वर्षको फागु पूर्णिमा (होली पर्व) का अवसरमा शुभकामना दिँदै उनले स्थानीय निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन् ।

उपराष्ट्रपतिले यस वर्षको होली पर्वले सामाजिक सद्भाव थप फैलाउने र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे । काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाको दिन र तराई-मधेसमा भोलिपल्ट भव्यरूपमा मनाइने होली पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।

उपराष्ट्रपतिले होली पर्व २०७८ ले स्थानीय तहको निर्वाचनलाई उत्सवका रूपमा सम्पन्न गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !