७ बैशाख २०८१, शुक्रबार

भ्रष्टचार, भ्रष्टचार हुनुका कारणहरु र भ्रष्टचार नियन्त्रण गर्ने उपायहरु


भ्रष्टचार

भ्रष्टचार, भ्रष्टचार हुनुका कारणहरु र भ्रष्टचार नियन्त्रण गर्ने उपायहरु ! सदाचार विपरीतको आचरण तथा ऐन, कानुन र नैतिकतालाई तोडेर आफुलाई फाईदा हुने गरी गरीने भ्रष्ट क्रियाकलापहरुलाई भ्रष्टचार भनिन्छ । भ्रष्टचार कुनैपनि समाज र देशको आर्थिक तथा सामाजिक उन्नति, प्रगति र विकासको बाधक तत्व हो । वर्तमान समयमा सरकारी क्षेत्र, गैर सरकारी क्षेत्र, व्यापारीक क्षेत्र, शैक्षिक क्षेत्र देखि लिएर समाजका हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने सँस्थाहरु भ्रष्टचारबाट मुक्त हुन नसकको अवस्था विद्यमान छ । हाम्रो देशमा दिनप्रतिदिन भ्रष्टचारी प्रवृत्ति बढ्दै गईरहेको छ ।

भ्रष्टचार हुनुका कारणहरु

१. भ्रष्टचार नियन्त्रण सम्वन्धि प्रभावकारी ऐन नियमको अभाव तथा तर्जुमा गरीएको ऐन नियमहरुको प्रभावकारी रुपमा कार्यान्वयन नहुनु
२. भ्रष्टचार नियन्त्रणमा संलग्न संघसंस्थाहरुको कार्यक्षमताको अभाव
३. नैतिक शिक्षा र सदाचार आचरणको अभाव
४. नातावाद र कृपावाद
५. भ्रष्टचारी व्यक्तिलाई राजनितिक संरक्षण
६. पेशाप्रति प्रतिबद्ध र मनोबलयुक्त प्रशासकिय नेतृत्वको अभाव
७. नैतिक मुल्य र मान्यतामा ह्रास
८. अति महत्वाकांक्षी, अवसरवादि एवं सुविधाभोगी मनोवृत्ति
९. सामान्य जीवनयापन गर्न पनि नपुग्ने खालको पारिश्रमिक

भ्रष्टचार नियन्त्रण गर्न अवलम्वन गर्नुपर्ने उपायहरु

१. भ्रष्टचार नियन्त्रणका लागि पर्याप्त ऐन कानुनको तर्जुमा तथा त्यसको पुर्ण रुपमा कार्यान्वयन गर्ने
२. सदाचार पद्धति र नैतिक शिक्षामा जोड दिनुपर्ने
३. भ्रष्टचारी व्यक्तिलाई सामाजिक बहिस्कार गर्ने
४. भ्रष्टचार नियन्त्रण गर्ने राजनितिक प्रतिवद्धता हुनुपर्ने
५. नागरीक सचेतना वृद्धि गर्ने
६. भ्रष्टचार विरुद्धको सर्वमान्य राष्ट्रिय दृष्टिकोणको निर्माण
७. निर्णय र कारोवारमा पारदर्शिता
८. राजनितिक दलहरुको खर्च व्यवस्थापनमा पारदर्शिता
९. बजारमुल्य अनुरुपको तलब भत्ता

यो पनि पढनुहोस्

नेपालमा भ्रष्टचार घट्नुको सट्टा झन् बढ्दैछ

नेताहरुप्रति जनताको विश्वास घट्दै जाने कारणहरु

सामाजिक बहस – नेपाल सरकारले निम्न क्रियाकलाप गर्नेलाई फाँसी दिने कानून बनाउनुपर्छ भन्ने सामाजिक बहसमा तपाईंको धारणा के छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !