६ बैशाख २०८१, बिहिबार

रेकीले बदलेको मेरो चमकदार जीवन


रेकीले बदलेको मेरो चमकदार जीवन
कविता अग्रवाल
कविता अग्रवाल

बाह्र वर्षअघि माडवारी सेवा समितिमा मैले गुरु नवांगज्यूसँग रेकीको ग्यान लिएकी थिए । गुरुसँग त्यसपछि भेट भएन तर मैले त्यो साल दिनको रेकी ज्ञानलाई निरन्तर वृद्धि गर्दै गए । मैले आफुमा भएका सकारात्मक उर्जालाई मर्न दिईन । मैले पहिला त आफैलाई उपचार गरे त्यसपछि आफन्त र छिमेकीहरुलाई पनि गरे । जस जसलाई मैले रेकी दिए, उहाँहरु सबैले आराम मिलेको सन्चो भएको बताएपछि मैले सक्ने रहेछु जस्तो लाग्यो । उहाँहरुलाई प्रेरणाले गर्दा मैले फेरी गुरुज्यूको खोजी गरें । आखिरमा मैले गुरुलाई फेसबुकवाट भेटे । उहाँ चिली जानुभएको थियो ।

मैले गुरुसँग मेरो रेकी ज्ञानको बारेमा कुरा गरें । उहाँ निकै खुसी हुनुभयो । एकदिन फेसबुककै मेसेन्जरमा मैले गुरुको हालखबर बुझ्दा उहाँले अलि सन्चो सन्चो नभएको कुरा गर्नुभयो । मैले मेरो रेकी ज्ञानबारे गुरुलाई जाँच गरिदिनुस भन्दै यहिवाट गुरुलाई रेकी गर्छु भनेपछि उहाँले ल ठिक छ त भन्नुभयो । मैले गुरुलाई नै सेकेन्ड लोभलको रेकी दिएँ । मैले त जम्मा ७ दिनको ज्ञान लिएकी हुँ । तर मेरो निरन्तर प्रयास र मसँग भएको सकारात्मक विचार, सेवाको भावना र साकाहारी भएको कारणले समा रेकीको पावर निकै बढीसकेको रहेछ । त्यसैले रेकीको सेकेन्ड लेभल सजिलै पार गरें ।

गुरुले मेरो रेकी पावरलाई बुझेर भन्नुभयो कविताजी तपाईले राम्रो गर्दै हुनुन्छ । मलाई निकै आराम भयो । हुनत गुरुलाई सन्चो भएको मेरो रेकी पावर नहुन पनि सक्छ । उहाँ आफैं गर्न सक्नुहुन्छ । जे भएपनि गुरुले मेरो रेकी पावरलाई सेकेन्ड लेभलको दर्जा दिनुभएको छ । यो कस्तो भने यसमा संसारको कुनै पनि स्थानमा रहेका विरामीको उपचार गर्न सकिन्छ ।

गुरु २ वर्षदेखि चिलिमै हुनुन्थ्यो । उहाँ भरखरै आउनुभएको हो । गुरु नेपाल आएपछि मैले रेकीलाई अभियानको रुपमा लानेछु भनेर यो कार्यक्रम  गरेकी हुन् । अव खुलेर रेकीको अभियानमा लाग्छु । यो कार्यक्रम रेकीको जानकारीको लागि हो । धेरैलाई यो ज्ञान थाहा रहेनछ म त भन्छु प्रत्येकको घरमा एकजना रेकी हिलर हुनुपर्छ । यस्तो राम्रो ज्ञान कुरा प्रचारमा आउनुपर्छ । तुरुन्तै अर्को कार्यक्रम पनि गर्नेछु म यहाँ एक्लो छैन ।

मलाई साथ दिनुहुने म भन्दा अघिका अग्रजज्यूहरु हुनुन्छ । उहाँहरुसंग घुलमिल हुँदा उहाँहरुले निकै खुसी हुनुभयो । मलाई पनि कार्यक्रम गर्न उहाँहरुको साथ अन्यन्त जरुरी छ किनभने उहाँहरु मेरो उमेरभन्दा निकै पाको र अनुभवी हुनुन्छ । हामी एक भएर अब यो अभियानलाई अघि बढाउने छौं । गुरुज्यू त दुई महिनापछि फेरी बाहिर जानुहुनेछ । उहाँको दिक्षालाई सम्मान गर्दै रेकी अभियानलाई व्यापक बनाउने छौं । मैले यो काम सुरु गरिसकें हेर्नुस् न उहाँहरु मेरो कामसँग कति खुसी हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

रेकी उपचार पद्धति र यसका फाइदाहरु

कविता अग्रवाल रेकी प्रशिक्षक हुनुहुन्छ ।

रेकीवाट आफ्नो उपचार गरेर तपाई स्वास्थ्य हुन चाहनुहुन्छ भने यो मोवाइल नम्वर (९८०३९६९०९०) मा सम्पर्क गर्नुहोला ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !