७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, सुत्ने समयमा महिलाले ब्रा लगाएर सुत्ने की नलगाइ ?


मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।अनुसन्धानकर्ताहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असर पर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताएका छन् । महिलाहरुले सुत्दाखेरी भित्री कपडा ब्रा लगाउन हुन्छ कि हुँदैन भन्ने विषयमा फरक फरक धारणा रहेको पाइन्छ । कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् । तर, केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् । मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !