७ बैशाख २०८१, शुक्रबार

लभ स्टोरी


लभ स्टोरी
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

“प्रिय रिमा जी, म तिमीलाई एकदमै चाहन्छु, धेरै माया गर्छु । मलाई तिम्रो जवाफ चाहियो । तिम्रो मात्र तिम्रो दिपक क्षेत्री।” कहिलै बोलचाल नगरेका दिपक क्षेत्रीले रिमा मगरलाई धेरै मन पराउथे । यो माया पनि कस्तो अजीवको रहेछ । कसैलाई देख्ना साथ माया बस्ने । पहिलो पटक दिपकले रिमालाई लभ लेटर लेखेका थिए ।

दुनियांलाई धर्काउंदै हिड्ने पोखराका डन दिपकलाई रिमाले सोधिन्, “यो पत्र तपाईले लेखेको हो ?” मोटरसाइकलमा बसेका दिपक रिमाको प्रश्नबाट हच्किए र होइन भनिदिए । तर पछि लाग्न छोडेनन् । रिमा बस्ने बेन्चमा I Love you लेखि दिन्थे । रिमाले हेडसरसंग दिपक क्षेत्रीले आफुलाई सताउने गरेको गुनासो गरिन् ।

अनुशासनमा सम्झौता नगर्ने हेडसरले दिपकको बारेमा भनेको सुन्दा हच्किए । दिपकलाई हप्काउलान् भनेको त उल्टो वास्ता नगर यस्तोलाई भनेर उम्किए । दिपकले रिमाजीलाई हैरान पारेका थिए । पोखरा गयो पोखरै पुग्ने । रातभरि रिमा बसेको कोठा बाहिरै बस्ने । फर्कदा उहीं बसमा चढ्ने । छेउमा अरु कोही बसेको छ भने उसलाई उठाएर आफैं बस्ने गर्दथे।

हैरान पारे दिपकले रिमालाई । दिपकको आफ्नै शैली थियो । यो रिमालाई हजम भएको थिएन । रिमाले दिपकले आफुलाई धेरै मन पराएको जस्तो महसुस हुन थाल्यो अन्तत रिमाको मुटुमा प्रेम टुसाउन थाल्यो ।

रिमाले शर्त राखिन्, आनीबानी सुर्धार्ने हो भने विवाह गर्छु नत्र गर्दिन भनेपछि, दिपकलाई के चाहियो ? हुन्छ भनिदिए । यसरी परिवर्तन शुरु भयको थियो डनको जीवन रिमाका कारण । तर दिपक क्षेत्रीको छोरा । रिमा मगरकी छोरी । दुबैको घरमा यी दुईको प्रेम र विवाह स्विकार्य भएन ।

रिमालाई बुबाले हप्काउने कुट्ने गर्नुहुन्थ्यो । तर, प्रेमलाई छेकबारले मलजलकै काम गर्दो रहेछ । अनन्त दुवैले भागेर विवाह गरे । विवाहपछि दिपक पूरै सुध्रेको रिमा बताउंछिन् । डन दिपक विजनेसमा लागे । राम्रो आम्दानी गर्न थाले रिमाको कारण उनको जीवनमा नयाँ उमंग छायो रिमाका कारण आज उनी धनी भएका थिए ।

आज अन्तरजातिय प्रेम विवाह भइरहेका छन् भने कतिपय असफल पनि भएका छन् । केटा र केटिको चाहनालाई अभिभावकले दवाउदा प्रेम घट्ने होइन झन पलाएर जानसक्छ । आज आत्माहत्याका अधिकांश केसहरू प्रेम विवाह गर्न नपाउदा भएका छन् भन्दा खासै फरक छैन । कसैको इच्छा दवाउनु पुर्व हामीले सोच्नुपर्ने हुन्छ ।

नोट : यो लभस्टोरी कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !