४ बैशाख २०८१, मंगलबार

सर्वोच्च तर्फवाट बहस सकियो, डा. केसीको पक्षमा बहस हुदैं


डा. गोविन्द केसी

२६ पुस काठमाण्डौ । डा. गोविन्द केसी विपक्षी रहेको अदालतको अपहेलना सम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा जारी बहसमा सर्वोच्च प्रशासनका तर्फवाट नेत्रबन्धु पौडेलको टिप्पणीमा दायर मुद्दामा वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, उपेन्द्रकेशरी न्यौपाने, रमनकुमार श्रेष्ठ तथा अधिवक्ताहरु लक्ष्मण थपलिया, दीपककुमार विष्ट लगायतले बहस गरिसकेका छन् ।

केसीको तर्फवाट वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, विजय प्रसाद मिश्र, लेखनाथ भट्टराई लगायतका कानुन व्यवसायीले बहस सुरु गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !