८ बैशाख २०८१, शनिबार

बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ


mirror at home

ज्योतिषशास्त्रको अनुसार बिहान उठ्ने बित्तिकै केही समयसम्म कुनै पनि अशुभ चिज हेर्नुहुँदैन । नत्र पूरा दिन त्यसको नकारात्मक असर पर्छ । यसबाट तपाईको कामकाज पनि प्रभावित हुन्छ । केही यस्ता चिजहरु छन्, जसलाई बिहान बिहानै हेर्दा दिनभर खर्च र नोक्सान बढ्छ । ती अशुभ चिजको कारणले विवाद र तनावको साथमा दिन बित्छ । साथै यसको विपरीत तपाईको बिहानी शुभ रहेमा पूरा दिन राम्रो बित्छ । जबकी दिनको शुरुवात खराब रहेमा पूरा दिन समस्यामा बिताउनु पर्ने हुनसक्छ । बिहान-बिहान शुभ काम गर्ने र शुभ चिज हेर्ने परम्परा चलिआएको छ । बिहान उठिसकेपछि अशुभ चिज हेर्नबाट बँच्नुपर्दछ । यहाँ जान्नुहोस् कि बिहान कुन-कुन चिज हेर्नु हुँदैन ।

१. ऐना हेर्नुहुँदैन

बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले ऐना हेर्नु अशुभ मानिन्छ । यसकारण वास्तुको अनुसार पनि बेडरूममा ऐना राख्न मनाही गरिन्छ । बिहान ऐना हेर्दा विचारमा नकारात्मकता बढ्न सक्छ । यदि बेड नजिक ऐना लागिरहेको छ भने सुत्नु अघि यसलाई पर्दाले ढाक्नुपर्दछ ।

२. छायाँ हेर्नुहुँदैन

बिहान उठेर छायाँ हेर्नबाट बँच्नुपर्दछ । वास्तवमा आफ्नै या दोस्रो व्यक्तिको छायाँ हेर्दा दुर्भाग्य रहिरहन्छ । छायाँ हेर्दा तनाव, डर र कन्फ्यूजन बढ्छ । जसबाट कामकाज बिग्रिन्छ र यसकारण यसो गर्नुहुँदैन ।

३. जनावर र उनीहरूको फोटो

बिहान उठेर जनावर र उनीहरूको फोटो हेर्नुहुँदैन । यसो गर्नाले दिनभर विवाद र तनाव रहिरहन्छ ।बिहान उठ्ने बित्तिकै शुभ चीज हेर्नुहोस्- बिहान उठ्ने बित्तिकै शुभ चिज हेर्नुपर्दछ । जस्तै बिहान उठ्ने बित्तिकै सबैभन्दा पहिले आफ्नो हात हेर्नुहोस् । देवी-देवताको फोटो या सुन्दर सकारात्मक फोटो हेर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् 

घरमा ऐना राख्दा कहिल्यै नभुल्नुस् यी १० कुराहरु

ऐना हेरेर आफै गर्नुहोस् आफ्नो भविष्यवाणी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !