८ बैशाख २०८१, शनिबार

आफुलाई परिवर्तन कसरी गर्ने ? (How to change yourself ?)

माया

आफुलाई परिवर्तन कसरी गर्ने ? (How to change yourself ?) ! हामी अहिले २१ औ शताब्दी पार गरिसकेका छौं । हामीले गरेका अधिकांश काम सफल भएका छैनन् भने हामीले नयाँ सोच र बिचार परिवर्तन गर्नुपर्ने हुन सक्छ । नयाँ सोच र विचार परिवर्तन गर्नका लागि हामीले गरिरहेका काम पनि बदल्न सक्नुपर्ने अवस्था पनि नआउला भन्न सकिँदैन ।

कुनै पनि काम गर्दा गरेका कामको पूर्ण सफलता हासिल गर्न त्यो कामको पुर्ण जानकारी प्राप्त गरेर मात्र हामीले त्यो काममा सफलता प्राप्त गर्ने सम्भावना बढेको हुन्छ । कामको सफलता त्यति बेला मात्र सफल हुन सक्छ जबसम्म हामीले गर्न खोजेको कामको बारेमा पुर्ण क्षमता हामीमा भएको हुनुपर्छ ।

मानौं हामीले जुनसुकै काम गर्न खोजेका छौं तर हामीलाई पुर्ण जानकारी छैन भने असफल पनि हुन सक्नेछौं । काम गर्दा त्यस विषयमा राम्रो दक्षता हासिल गरेर मात्र हामीले काममा हात हाल्छौं भने जीवनमा कहिलै असफल हुने छैनौं ।

बेरोजगार हुनुको प्रमुख कारण भनेको सीपमुलक कामको विकास नहुनु यदि देश सुहाउदो सीप भए यहाँ कोही बेरोजगार नहुने देखिएको छ । देशको स्तर उन्नतिमा सिपको विकास हुनुपर्छ । आज नेपाली बेरोजगार छन् यसतर्फ कसैको ध्यान पुग्न सकेको छैन ।

सफलताका लागि सबैभन्दा पहिलो शर्त छ, सफलतालाई भाग्यको फल नसम्झिनु । सफलता कर्म नै हो । कर्मबाट नै सफलता प्राप्त हुन्छ तर एकोहोरो कर्मबाट मात्रै पनि सफलता हासिल हुने भने होइन । कुन समयमा के गर्नुपर्छ भन्ने थाहा पाउँनु सफलता प्राप्त गर्ने अर्को शर्त हो ।

असफलताले सफलताका लागि भर्याङको काम गर्छ, सफलतासम्म पुग्न सक्ने बाटो बनाउँन सक्छ तर जीवन तबसम्म परिवर्तन भएको मानिदैन, जबसम्म सफलता हासिल हुदैन । त्यसो त, जीवनमा सफलताको मानकहरु फरक-फरक हुन सक्छन् । यहाँ सफलता भन्नाले आर्थिक फाइदा वा प्रगति मात्रै पनि भन्न खोजिएको होइन ।

तपाई सफल हुनका लागि तपाईले आफ्नो चाहना बुझ्नुपर्ने हुन्छ । कसैले जबरजस्ती थोपारी दिएको जिम्मेवारी लिएर वा त्यस्तो जीवन बाँचेर तपाई सफल हुन गाह्रो हुन्छ । यसको अर्थ तपाई त्यसबाट सफल हुनै सक्नुहुन्न भन्ने होइन तर तपाई जुन अवस्थामा हुनुहुन्छ, त्यो अवस्थामा अनुकुल हुने कुरामा तपाई के चाहनु हुन्छ भन्ने तपाईले चिन्नु भयो भने तपाईलाई सफलताको बाटोमा अगाडी बढ्न सजिलो हुनेछ ।

उदाहरण यदि बाबु-बाजेले जे काम गरेर सफल हुनुभयो त्यसलाई बुझ्न सकेमा पनि सफलता चाँडो हुने गरेको हुन्छ । हामीले यस्ता थुप्रै व्यक्ति देखेका छौं जसले पुर्बजहरूले चढेको सिढि चढ्दै गए थप अनुसन्धान गरे थप अनुभव गर्दै अघि बढ्दै गए यसरी नसोचेको सफलता प्राप्त गरे तर आजका युवाहरु बाबुबाजेले चढेको सिढि चढ्न चाहेनन् र यसरी सफल हुनुपर्नेमा हुन सकेनन् ।

सफलताका लागि सबैभन्दा पहिलो शर्त छ, सफलतालाई भाग्यको फल नसम्झिनु । सफलता कर्म नै हो । कर्मबाट नै सफलता प्राप्त हुन्छ तर एकोहोरो कर्मबाट मात्रै पनि सफलता हासिल हुने भने होइन । कुन समयमा के गर्नुपर्छ भन्ने थाहा पाउँनु सफलता प्राप्त गर्ने अर्को शर्त हो ।

आज हामीमा धेरै पैसा कमाउने होड रहेको हुन्छ । यसरी सफल हुनका लागि गलत काम गर्नुपर्ने हुन सक्छ । आफुले खोजेको परिवर्तन के हो ? आफुलाई परिवर्तन गर्दा थुप्रै समस्या आई लाग्न सक्छ । परिवर्तन चाहना पुरा गर्नका लागि सीपको बिकास गर्दै बचत गर्ने बानीको विकास गर्न सक्नुपर्छ । फजुल खर्च असफलताको मुल कारण हो यसतर्फ सबैको ध्यान पुग्न सकेमा अबश्य सपना पुरा हुनेछ ।

यो पनि पढनुहोस्

जीवनको यात्रा

योगको महत्व र आवश्यकता

जीवनमा सफल हुन यसो गर्नुहोस्

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !