१२ बैशाख २०८१, बुधबार

जीवनको यात्रा


जीवनको यात्रा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

जीवनको यात्रा ! बुबा आमाले जन्माउनु भयो हुर्काउनु भयो म ठूलो भए मलाई थाहा छैन जीवनको यात्रा कस्तो हुनेछ भनेर । यो पनि थाहा छैन जिन्दगीमा पाउनु र गुमाउनुको अर्थ के हो ? यहाँ दिनपछि रात हुन्छ रातपछि दिन हुन्छ । समय गइरहेको हुन्छ ।

जब म १६ बसन्त पार भए कलिलो उमेर पढ्ने लेख्ने समयमा मेरो विवाह गरिदिनु हुन्छ । म आफ्नो खुट्टामा उभिन पाएको हुदैन बाबा मम्मीको आदेश अनुसार विवाह हुन्छ । श्रीमतीको हक भनेको श्रीमान हो उसलाई खर्च गर्न मन हुन्छ । नयाँ नयाँ चिज लगाउन मन हुन्छ ।

यस्तो अवस्थामा पढ्ने कि जागिर गर्ने जागिर गर्न पनि पढाई छैन् । समस्या विकराल बन्दै गएको हुन्छ । समय बितेको थाहा नहुदै घरमा एउटा पाहुना जन्मन्छ । उसलाई हुर्काउन पनि आमा बुबाको आसरामा बाच्नुपर्ने हुन्छ । यसरी मनमा अनेकौं कुराले डेरा जमाएको हुन्छ । रातको निद न दिनको चैनले सताएको हुन्छ ।

‘जिन्दगी कसरी सुखमय हुन्छ?’ यो प्रश्न पछिल्लो समयमा धेरैलाई सोध्ने गर्दथे । राम्रो अर्ती उपदेश भन्दा पनि गलत उपदेश दिने थुप्रै साथी पाए कोही भन्थे गाजा पिउन त कोही भन्थे रक्सी खाउन यसरी कुलतमा फसेका थुप्रै साथी पाए । यो सुनेपछि मलाई नयाँ कुराले जन्म लियो मैले उनीहरुको जीवनको यथार्थ बुझ्न मन लाग्यो ।

म जस्ता थुप्रै युवाहरु आज गलत लतमा लागेको पाए र उनीहरुको घरमा गएर बुझ्न मन लाग्यो साच्चिकै सानै उमेरमा सबैको विवाह भएको रहेछ । सबैको एउटै समस्या रहेछ । बाबु आमालाई नाति पाउने हतारमा एउटा युवाको राम्रो पढ्ने लेख्ने उफ्रने आफ्नो खुट्टामा उभिने सोचलाई भताभुंग पारिदिनु भएको रहेछ ।

यो थियो एउटा युवाको कथा आज युवाले डिग्री गरेर पनि जागिर नपाउनुको पिडा हेर्दा पढेको भएर पो के हुदो रहेछ भन्ने जस्तो लागेको छ । हाम्रो समाजमा राम्रो उपदेशमा भन्दा अरूले गरेको काममा बढी ध्यान दिनाले आज युवा बेरोजगार भएको अवस्था नेपालमा देखिएको छ ।

सीपमुलक तालिम गरेको भए सायद यसरी डिग्री पढेको कागजको खोस्रो लिएर हिड्नु पर्ने थिएन । विदेशमा गएर पनि पहिलो प्रश्न हुन्छ त के जानेको छस त्यहाँ डिग्रीको भ्यालु होइन सिपको भ्यालु रहेछ । यो सवैदेखि भन्दा केहि फरक छैन । फलानाको छोराले डिग्री गरेर विदेशबाट पैसा पठाएको छ, यो भन्दा अरू केही थाहा छैन ।

विदेशमा जाने हरेक युवाको पिडा हेर्ने हो भने धेरै फरक छ । ८ घण्टाको ठाउँमा १२ घण्टा डिउटी निभाउनु पर्छ । कतिपय युवाको पिडा झन दयनीय छ । यदि राम्रो सीपमुलक शिक्षा नेपालमा भइदिएको भए परिवारसंगै बसेर काम गर्नुको मजा अर्कै हुने थियो यस्ता कुरा नबुझ्ने समाज आज पनि विद्यमान छ ।

यहाँ पब्लिकको कुरा मात्रै होइन यहाँ सरकारको रवैया पनि त्यस्तै छ । युवालाई विदेशमा पठाउन सके प्रशस्त रेमिटेन्स भित्रने थियो भन्ने सोचले डेरा जमाएको देखिन्छ । नेपालमा सवैथोक हुदा गदै पनि युवालाई पलायन गराउन सरकार नै उद्त देखिएको छ । पुराना उद्योग बन्द गर्न राजनीति नै लागेको छ ।

नेपालीले उद्योग लगाएमा युनियन खडा गरेर भएपनि अन आवश्यक बोझ दिदै उद्योग बन्द गराइएको हुन्छ । जनताको काधमा ऋणको बोझ बढ्दैछ । विकासमा भन्दा एैयासीमा नेतृत्वको ध्यान केन्द्रित हुदैछ । अहिले पब्लिक पनि राजनीतिमय देखिन्छन् । पार्टीले जस्तोसुकै काम किन नगरोस यहाँ बोल्ने कोही छैन । यसरी विकास कहाँ सम्भव छ र ?

यो पनि पढनुहोस्

जीवनमा सफल हुन यसो गर्नुहोस्

यस्तो छ योग र यसको महत्व, जानी राखौ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !